सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाचार

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

Published on 2019-11-16     0 Comments

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ
पशुपतीनगर, ३० कात्तिक 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गर्नुभएको छ ।
 
इलामको माङसेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहलसमेत अघि बढाएको बताउनुभयो । “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो”, उहाँले भन्नुभयो, “यस सम्बन्धमा सङ्घीय सरकारले कूटनीतिक पहल थालिसकेको छ, भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ ।”
 
मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै नेता नेम्वाङले समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । तीनै तहका सरकारले जनताका पक्षमा महत्वपूर्ण काम गर्दै अघि बढिरहेकाले उहाँले त्यसका लागि जनताले प्रत्यक्ष चुनेका प्रतिनिधिले बनाएको नेपालको संविधानले सम्पूर्ण नेपालीको हक, अधिकारको ग्यारेण्टी गरेको र सरकार त्यसैको कार्यान्वयनमा लागिपरेको बताउनुभयो ।
 
नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद धीरेन्द्र शर्मा ९रमण० ले नेकपा नेतृत्वको सरकार जनताको जीवनस्तरमा व्यापक परिवर्तन ल्याउँदै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा अघि बढेको बताउनुभयो । नेकपा इलाम जिल्ला कमिटी अध्यक्ष एवं प्रदेशसभा सांसद रामबहादुर मगरले कम्युनिष्ट पार्टी मात्रै जनताको पार्टी र सुख, दुःखको साथी भएको बताउनुभयो । 
 
यसैगरी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले कृषि र पर्यटनलाई माध्यम बनाएर इलाम जिल्लाको समृद्धिको यात्रामा निरन्तर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । नेकपा माङ्सेबुङ गाउँ कमिटी अध्यक्ष हेमन्त राईको अध्यक्षता र नेम्वाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी, राप्रपा, जनमोर्चा, लिम्बुवान र जनमुक्ति पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका थिए । (रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाचार
View all

  • विद्युत् कटौतीको समस्या हट्यो
  • नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ
  • नेकपाको दाङमा ९६ वडामा एकता
  • गर्भवतीको हेलिकोप्टरबाट उद्धार
  • संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल
  • न्यायिक समितिका पदाधिकारीलाई तालीम
  • विद्यालयमा चित्रकला कार्यशाला
  • चालकको मृत्यु

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.