सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाचार

विद्यालयमा चित्रकला कार्यशाला

Published on 2019-11-16     0 Comments

 विद्यालयमा चित्रकला कार्यशाला
म्याग्दी, ३० कात्तिक 
 
म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा रहेको कैलाश आधारभूत विद्यालयमा चित्रकला कार्यशाला सम्पन्न भएको छ ।  अमेरिकाको गिभ पावर संस्थाको सहयोगमा कला कुशाले आयोजना गरेको दश दिने कार्यशालामा २६ विद्यार्थी सहभागी थिए । सुभद्रा मर्हजन, योगेश अवाली र रगेन्द्रमान श्रेष्ठले चित्रकला सिकाउनुभएको थियो ।
 
विद्यार्थीहरुले पहाड, हिमाल, वनजङ्गल, ग्रामीण जीवनशैली झल्काउने चित्र तयार पारेका थिए । कक्षा ५ का मिलन सुनारले यसअघि अरूले किताबमा बनाएको हेरेर चित्र बनाउँथे । कार्यशालामा सहभागी भएपछि सुनारले दिमागमा सोचेको विषयलाई चित्रमा उतार्नु वास्तविक चित्रकला भएको बुझेको बताउनुहुन्छ । कक्षा ३ का मिठास सुनारले पहिले हेरेर चित्र बनाउने गरेकामा अहिले सोचेर बनाउन थालेको बताउनुभयो । 
 
कार्यशालामा सहभागी हुन धौलागिरि हिमालको फेदीमा रहेको बगर गाउँ पुगेका चित्रकारहरुले त्यहाँको प्राकृतिक सौन्दर्यले प्रभावित भएको बताउनुभयो । “विद्यार्थीलाई किताब र अरूले बनाएका हेरेर होइन दिमागमा आएको चित्रलाई पानामा कोरेर चित्र बनाउनुपर्छ भन्ने भावनाको विकास गराउन कार्यशाला चलाएका हौँ”, मर्हजनले भन्नुभयो, “यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले हामीलाई पनि मोहित तुल्यायो ।”
 
अमेरिकाको गिभ पावर संस्थाको सहयोगमा यसअघि राजधानी उपत्यकाबाहिर सिन्धुपाल्चोक पनौती, पोखरा र नवलपरासीका साथै म्याग्दीको टिकोट र नांगीमा पनि चित्रकला कार्यशाला गरेका थिए । विद्यार्थीले बनाएको चित्रकला गाउँमा आउने पर्यटकलाई बिक्री गर्न सकिने कैलाश आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर पुर्जाले बताउनुभयो । विद्यार्थीमा कलाको विकास, गाउँको कलालाई प्रचारप्रसारका साथै विद्यार्थीलाई आयआर्जनमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । 
 
७१ प्रतिशत मुद्दा फछ्यौट 
 
जिल्ला अदालत म्याग्दीले चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिकमा लक्ष्यभन्दा दश प्रतिशत बढी मुद्दा फछ्र्यौट गरेको छ । 
 
अदालतमा शुक्रबार आयोजित सञ्चारकर्मीहरुसँगको भेटघाटमा ६२ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएकामा ७१ प्रतिशत फछ्र्यौट भएको जानकारी गराइएको हो । गत वर्षको जिम्मेवारी सरेर आएका ११७ र यो वर्ष कात्तिक २८ गतेसम्म नयाँ दर्ता भएको ९५ गरी २१२ वटा मुद्दा थिए । 
 
साउन देखि कात्तिक २८ गतेसम्म ७१ मुद्दा फछ्र्यौट भएका र १४१ वटा बाँकी रहेका अदालतका स्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताउनुभयो । महिला पक्ष भएका ८७ मुद्दा दर्ता भएकामा ४२, ज्येष्ठ नागरिक पक्ष भएका २३ दर्ता भएकामा तीन र बालबालिका पक्ष भएका १० मुद्दा रहेकामा दुईवटा फछ्र्यौट भएका छन् । 
 
महिला पीडित भएका जबर्जस्ती करणी मुद्दा दश र घरेलु हिंसा मुद्दा एकवटा छन् । निःशुल्क कानूनी सहायता परियोजनाअन्तर्गत ६ मुद्दामा ६ जनाले परामर्श, तीन मुद्दाको बहस, तीन मुद्दाको टेम्पलेट भर्ने, तीन मुद्दामा तीन जनाले कारागार भ्रमण र दुई मुद्दाका चार जनाले साक्षी परीक्षण सेवा पाएका छन् ।
 
गत वर्षबाट जिम्मेवारी सरेर आएका ३५ र यो वर्ष दर्ता भएका ५१ सम्बन्ध विच्छेदका मुद्दामध्ये ४० फछ्र्यौट भएका र ४६ वटा बाँकी छन् । यस वर्ष ४१ महिला र दश वटा पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । 
 
स्रेस्तेदार बुर्लाकोटीले अदालतको चौथो रणनीतिक योजनाअन्तर्गत न्यायमा पीडितको पहुँच बढाउन मुद्दाको छिटो फछ्र्यौट गर्न जोड दिएको बताउनुभयो । हरेक महिना सेवाग्राहीसँग न्यायाधीशले भेटेर गुनासो सुन्ने, बार र बेञ्चबीचको बैठक, अदालतको आन्तरिक व्यवस्थापन, न्यायिक संवाद, मेलमिलापसम्बन्धी अनुगमन गरिएको अदालतले जनाएको छ । 
 
जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीले सेवाग्राहीको न्यायमा पहुँच बढाउन जोड दिएको, वैतनिक वकिलको सेवालाई प्रभावकारी बनाउन, मेलमिलापलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले अदालतमा बच्चासहित आउने सेवाग्राहीको सहजताका लागि स्तनपान कक्षको समेत व्यवस्था गरिएको बताउनुभयो । (रासस)
 

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाचार
View all

  • विद्युत् कटौतीको समस्या हट्यो
  • नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ
  • नेकपाको दाङमा ९६ वडामा एकता
  • गर्भवतीको हेलिकोप्टरबाट उद्धार
  • संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल
  • न्यायिक समितिका पदाधिकारीलाई तालीम
  • विद्यालयमा चित्रकला कार्यशाला
  • चालकको मृत्यु

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.