सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाचार

प्राविधिक शिक्षा पढ्नलाई सहयोग

Published on 2019-11-16     0 Comments

प्राविधिक शिक्षा पढ्नलाई सहयोग
बेझाड, ३० कात्तिक 
 
प्राविधिक शिक्षा अध्ययनका लागि पाल्पाली समाज पोखराले पाल्पाका ८१ विद्यार्थीलाई लगानी गर्ने भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ विद्यार्थीलाई प्राविधिक शिक्षामा लगानी गर्ने भएको समाजले जनाएको छ ।
 
स्वास्थ्य समूह, कृषि, भेटनरी, इञ्जिनीयरिङ र होटल व्यवस्थापन विषय अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिनुभयो । “सम्बन्धित वडा कार्यालयको सिफारिसमा छात्रवृत्तिका लागि छनौट गरिने र छनौट भएका विद्यार्थीले जुनसुकै स्थानमा गएर पनि अध्ययन गर्न सक्नेछन्”, उहाँले भन्नुभयो ।
 
एक विद्यार्थीलाई ५० हजारका दरले जिल्लामा रहेका ८१ वडामा एक÷एक जनालाई छनौट गरी दिइने छात्रवृत्ति दुई किस्तामा प्रदान गरिनेछ । समाजले पाल्पासँगै गोरखा, गुल्मी, कपिलवस्तु, तनहुँ र कास्कीमा पनि कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । रम्भादेवी छात्रवृत्ति कार्यक्रममार्फत शिक्षामा लगानी गर्ने भएको हो ।      
 
पाल्पा मूल घर भई पोखरामा बसोबास गर्दै आएका पाल्पालीको साझा संस्था पाल्पाली समाज पोखराले उद्योगपति एवं समाजसेवी हरिप्रसाद पाण्डेले स्थापना गरेको मातृ सेवा प्रतिष्ठान जननीमार्ग ललितपुरको समन्वयमा छात्रवृत्ति प्रदान गरिने जनाएको छ ।
 
पाल्पाली समाज पोखराले नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै पाल्पाको पर्यटकीय स्थलको प्रचारप्रसारका लागि लेकसाइडमा डिजिटल बोर्ड राख्ने र पाल्पाका मौलिक तथा कलात्मक उत्पादनको बजारीकरण र संस्कृतिको पहिचानका लागि पाल्पा हाउस स्थापना गर्ने भएको छ । छात्रवृत्तिका सम्बन्धमा पाल्पाली समाज पोखराको टोलीले जिल्लाका  दशवटै स्थानीय तहसँग छलफल कार्यक्रम गरिरहेको छ ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाचार
View all

  • विद्युत् कटौतीको समस्या हट्यो
  • नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ
  • नेकपाको दाङमा ९६ वडामा एकता
  • गर्भवतीको हेलिकोप्टरबाट उद्धार
  • संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल
  • न्यायिक समितिका पदाधिकारीलाई तालीम
  • विद्यालयमा चित्रकला कार्यशाला
  • चालकको मृत्यु

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.