सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

स्वास्थ्य

सिकलसेलले थला परेका थारु समुदाय

Published on 2019-11-15     0 Comments

 सिकलसेलले थला परेका थारु समुदाय
तुलसीपुर, २९ कात्तिक 
 
दाङ तुलसीपुर उपमहानगरपालिका– ११ कटाहाकी ५० वर्षीया जुमरामी चौधरी लमो समयदेखि  सिकलसेल एनिमिया रोगले पीडित हुनुहुन्छ ।  हाडजोर्नीमा कडा खालको दुखाइ हुँदा घरको कुनै पनि काम गर्न नसकिने पीडा सुनाउँदै उहाँ भन्नुहुन्छ,  “जोर्नीहरू बेस्सरी दुख्छन्, घरमा खाना पकाउनसमेत सकिँदैन्, अरु काम गर्न त झन् के सक्नु रु”
 
त्यस्तै सोही वडाकी २५ वर्षीया रूपाकुमारी थारूलाई पनि सिकलसेल भएकै कारण यो उमेरमा पनि केही पनि काम गर्न नसक्ने अवस्थामा हुनुहछ ।  “घरको केही पनि काम गर्न सकिँदैन”, उहाँ भन्नुुहन्छ, “कसैले तयार पारिदिए खाने हो, नत्र भने भोकै बस्नुपर्छ ।” सोही ठाउँकी ४७ वर्षीया सुन्दरी चौधरीको समस्या पनि त्यस्तै छ । औषधि खाए पछि केही समय सञ्चो हुने र फेरि दुख्न शुरु हुने उहाँको भनाइ छ । “औषधि त खाइरहेकी छु”, उहाँ जोड दिनुहुन्छ, “औषधि खाएको केही समयसम्म ठीक हुन्छ”, त्यसपछि फेरि सताउन थाल्छ ।” त्यस्तै सानै उमेरदेखि उक्त रोगले सताउनुभएका सोही ठाउँका २७ वर्षीय शरद चौधरी सँगैका साथीहरुले विभिन्न पेशा व्यवसाय गरेर टन्न पैसा कमाइरहँदा उहाँ भने केही पनि  गर्न सक्ने अवस्थामा हुनुहुन्न । 
 
ती रोगीहरूले अहिले जिल्ला स्वास्थ्य कार्यालयको सिफारिशमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क औषधि खाइरहेका छन् तर  समयमै औषधि नपाउँदा समस्या हुने गरेको उनीहरूको गुनासो छ । यस्ता रोगीहरूलाई सरकारले रू।एक लाखसम्म निःशुल्क उपचारको व्यवस्था गरेपनि त्यतिले उपचार खर्च नपुग्ने र आफूहरुले केही पनि काम गर्न नसक्ने भएकाले  सरकारले भत्ताको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । “हामीले अहिले केही पनि काम गर्न सक्ने अस्थामा छैनौँ”, पीडित सुन्दरी भन्नुहुन्छ, “सरकारले हामीहरुलाई उचित भत्ताको पनि व्यवस्था गर्नुपर्छ ।” 
 
सिकलसेल ऐनिमिया धेरै थारूहरूमा हुनसक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगको पहिचान हुन नसकेको थारू अगुवाहरूको भनाइ छ । अहिले उक्त प्रतिष्ठानसहित तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र  गढवा गाउँपालिकामा मात्रै सिकलसेल जाँच गर्ने उपकरण भएकाले सबै स्थानीय तहमा त्यस्तो उपकरणको व्यवस्था मिलाउनुपर्ने थारू स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरी बताउनुहुन्छ  । यो रोग निराकरण गर्न नसके थारू जाति नै सङ्कटमा पर्न सक्नेसमेत उहाँको भनाइ छ । (रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

स्वास्थ्य
View all

  • २२ हजार विद्यार्थीले लिए सेवा
  • सिकलसेलले थला परेका थारु समुदाय
  • सुविधा सामुदायिक एकाइ स्थापना
  • मधुमेह रोगसम्बन्धी बृहत् सम्मेलन बिहीबार
  • उपकरण सहयोगपछि प्रसूतिमा सहज
  • राप्तीपारि १५ श्ययाको अस्पताल बन्दै
  • ४० हजार लाभान्वित
  • दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.