सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

स्वास्थ्य

सुविधा सामुदायिक एकाइ स्थापना

Published on 2019-11-14     0 Comments

सुविधा सामुदायिक एकाइ स्थापना
बेत्रावती, २८ कात्तिक 
 
नुवाकोटको लिखु गाउँपालिका–६ थानसिंहमा स्वास्थ्य एकाइ कार्यालय सञ्चालनमा आएको छ । लिखु गाउँपालिकाको सामाजिक विकास शाखामार्फत ‘सुविधा सामुदायिक एकाइ’ले बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको छ । 
 
नागरिकको स्वास्थ्य सुधारमा सेवा पु¥याउने स्थानीय सरकारको लक्ष्य कार्यान्वयनअन्तर्गत स्वास्थ्य एकाइ कार्यालय शुरु गरिएको गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार एकाइलाई सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न शुरु गरिसकेकाले अबको एक वर्षभित्रै बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्य एकाइ कार्यालयले स्थापना भए पनि आवश्यक औषधि, जनशक्ति र उपकरणको व्यवस्था मिलाएर प्रभावकारी बनाउन आफू लागि पर्ने वडा नं ६ का वडाध्यक्ष हरिशरण लामिछानेले बताउनुभयो ।
 
हाल स्वास्थ्य एकाइमा एक/एक जना एचए, अनमी र कार्यालय सहयोगी दुई जना गरी चार जनाको दरबन्दीअनुसार कर्मचारीको व्यवस्था गरिएको छ । उक्त कार्यालयबाट नेपाल सरकारमार्फत उपलब्ध गराइएको निःशुल्क औषधि, खोप सेवा, सामान्य स्वास्थ्य जाँच तथा परीक्षण सुविधा सञ्चालनमा ल्याइएको हो । 
 
हाल स्थापना गरिएको स्वास्थ्य एकाइको कार्यालय हाल भाडाको भवनबाट सञ्चालनमा ल्याइएको छ भने नयाँँ भवन बनाउन स्थानीय भगवती पाण्डे र कल्याणभक्त पाण्डेले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्वास्थ्य एकाइ व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्ष लामिछानेले नयाँ भवनका लागि स्वास्थ्य विभागबाट रु ३९ लाख प्राप्त भएर निर्माण शुरु गर्न लागिएको जानकारी दिनुभयो ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

स्वास्थ्य
View all

  • २२ हजार विद्यार्थीले लिए सेवा
  • सिकलसेलले थला परेका थारु समुदाय
  • सुविधा सामुदायिक एकाइ स्थापना
  • मधुमेह रोगसम्बन्धी बृहत् सम्मेलन बिहीबार
  • उपकरण सहयोगपछि प्रसूतिमा सहज
  • राप्तीपारि १५ श्ययाको अस्पताल बन्दै
  • ४० हजार लाभान्वित
  • दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.