सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

पर्यटन

पर्यटकीय केन्द्र बन्दै अवलोकन टावर

Published on 2019-11-12     0 Comments

पर्यटकीय केन्द्र बन्दै अवलोकन टावर
दाङ २६ कात्तिक 
 
रमणीय तथा चिटिक्क परेको  देखिने घोराही उपमहानगरपालिका–१८ स्थित ढोढेनी गाउँ  अहिले  जिल्लाको पर्यटकीय गाउँ बनेको छ ।गाउँलाई अहिले त्यहाँ निर्माण गरिएको दृश्यावलोकन  स्तम्भ (भ्यु टावर) र नमः छु नामक बौद्ध गुम्बाले नै सो गाउँलाई पर्यटकीय गाउँको रुपमा चिनाएको हो । चारैतिर  रमणीय गाउँ सोही गाउँकोबीच भागको अग्लो स्थानमा  करीब  एक दशक पहिले  उक्त गुम्बा निर्माण गरिएको थियो ।
  
गतवर्ष  सो गुम्बा नजिकै एक समाजसेवीको परिवारले आफ्नो लगानीमा त्यहाँ दृश्यावलोकन गर्ने स्तम्भ निर्माण गरिदिएकाले अहिले सो गाउँ पर्यटकीय केन्द्रका रुपमा चिनिन थालेको हो  । सो टावरको नाम ‘मनदिल’ दृश्य अवलोकन टावर राखिएको छ ।
घोराही उपमहानगरपालिक—१८ निवासी समाजसेवी मनबहादुर पुन र उहाँकी श्रीमती दिलमाया र छोरा तथा बुहारीले  सो टावर निर्माण गर्नुभएकोे थियो ।
 
अहिले सोही मनदिल टावरबाट जिल्लाको दृश्यावलोकन गर्न  जानेहरु बढेका छन् । जिल्लाका विभिन्न  ठाउँबाट घोराही बजार पुग्ने सर्वसाधरण  तथा  अन्य जिल्लाबाट यस जिल्लामा घोराही आउने पर्यटक पनि सो ठाउँमा पुग्ने गरेका छन् ।उक्त  टावरबाट  जिल्लाको  नजिकै रहेको घोराही  बजार , छिमेकी जिल्ला  रोल्पा जाने बाटो,  घोराही उपमहानगरपालिकाका पहाडी गाउँ तथा प्यूठान जिल्लाको केही क्षेत्र समेत अवलोकन गर्न सकिने  त्यहाँका  कर्मचारी सञ्जीव चौधरीले बताउनुभयो ।
 
उहाँका  अनुसार सो टावर चढ्नका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई भने रु ३० को टिकट शुल्क लाग्ने गरेको छ भने एक जनाले १५ मिनेटसम्म टावरमा बसेर अवलोकन गर्ने गरेको    उहाँको भनाइ थियो । अहिले  दैनिक  ८० देखि ९० सम्म  आन्तरिक पर्यटक  आउने गरेकामा शनिबार र   अन्य बिदाको समयमा टावरमा आउनेहरुको भीड नै लाग्ने गरेको छ।
 
भ्यू टावर हेरेर फर्किदै गरेका तुलसीपुरका २२ वर्षीय नवीन अधिकारीले आफू पहिलो पटक यस्तो टावरमा चढेर पूरै बजार  हेर्न पाउँदा खुशी भएको बताउनुभयो ।  त्यसैगरी लमही नगरपालिका–५ का पूर्णिमा चौधरीले टावरमा चढेर चारैतिर हेर्न पाउँदा आफू रोमाञ्चित भएको बताउनुभयो । बाउन्न फिट अग्लो उक्त टावर संरक्षणका लागि दुई  कर्मचारीलाई पनि  भर्ना गरिएको छ । गुम्बा क्षेत्र तथा ढोडेनी गाउँलाई पर्यटकीय रुपमा विकास गर्नका लागि आफूले टावर निर्माण गरिदिएको निर्माणकर्ता  दिलमायाले उल्लेख गर्नुभयोे ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

पर्यटन
View all

  • बुलबुलेमा पर्यटक बढे
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’
  • पर्यटकीय केन्द्र बन्दै अवलोकन टावर
  • तारेभीर पोखरीमा पर्यटकको आकर्षण
  • भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर
  • ‘गन्तव्य मर्दी हिमाल’ अभियान
  • पर्यटकलाई पैदलमार्ग
  • पर्यटकीय क्षेत्रमा चहलपहल

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.