सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

शेयर बजार

नेप्से दोहोरो अङ्कले बढ्यो

Published on 2019-11-11     0 Comments

नेप्से दोहोरो अङ्कले बढ्यो
काठमाडौँ, २५ कात्तिक 
 
लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । 
 
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७७ विन्दुले बढेर एक हजार १४५.५७ विन्दुमा पुगेको छ । धेरै पछि बजारमा उच्च अङ्कको वृद्धि भएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.२८ विन्दुले बढेर २५२.२९ विन्दुमा पुगेको छ । 
 
नेप्से उकालो लागेसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७५ कम्पनीको १९ लाख ९५ हजार ४८ कित्ता शेयर रु ५४ करोड ९९ लाख ९८ हजार २४१ मूल्यमा खरीद बिक्री भए । 
 
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर ०.६ विन्दुले घटेको छ । यस्तै बैंकिङ १२.३१, होटल ३१.९३, विकास बैंक १३.३२, जलविद्युत् १२.८५, वित्त २.०७, निर्जीवन बीमा ६७.५३, उत्पादन ५५.७१, लघुवित्त ३०.७५, जीवन बीमा ७९.०२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । 
 
स्टकका अनुसार कारोवारका आधारमा एनएमबी बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको रु १३ करोड ९२ लाख १० हजार १९५ मूल्यमा शेयर खरीद–बिक्री भई शीर्षस्थानमा रह्यो । प्रभु बैंक रु सात करोड ३३ लाख ६८ हजार ३०२, माछापुच्छ्रे बैंक रु तीन करोड ५९ लाख ३८ हजार ३०७, प्रभु बैंकको संस्थापक शेयर रु तीन करोड २१ लाख ३३ हजार २४, प्राइम बैंक रु दुई करोड १३ लाख तीन हजार ५८८ र नेपाल बैंकको रु एक करोड ७६ लाख ६३ हजार ५३० मूल्यमा खरीद–बिक्री भई शीर्ष स्थानमा रहे । 
 
स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । सबैको लघुवित्त वित्तीय संस्था ९.८९, रिडी हाइड्रोपावर ९.७२, आँखु खोला जलविद्युत् कम्पनी ९.४३, राधी विद्युत् कम्पनी ९.०२ र एनएमबी बैंकका शेयरधनीले ७.५८ प्रतिशतले कमाए । 
 
त्यस्तै, एनआइबिएल समृद्धि फन्ड ५.७७, खानीखोला जलविद्युत् कम्पनी ३.५७, सिटी एक्सप्रेस फाइनान्स १.९६, हिमालयन ऊर्जा विकास कम्पनी १.९४ र मेगा बैंकको संस्थापक शेयरका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए  ।

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

शेयर बजार
View all

  • नेप्से दोहोरो अङ्कले बढ्यो
  • धितोपत्र बजार नेप्से परिसूचक ओरालो
  • सेयर बजार पुनः ओरालो
  • धितोपत्र बजारः झिनो अङ्कको वृद्धि
  • साताको पहिलो दिन नै नेप्से घट्यो
  • झिनो अङ्कले बढ्यो नेप्से
  • आज पनि घट्यो नेप्से
  • नेप्से परिसूचक ओरालो यात्रामा

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.