सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

कर्पोरेट

हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

Published on 2019-11-08     0 Comments

हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी
काठमाडौँ, २२ कात्तिक 
 
नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ । बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा  चीनतर्फबाट अकुपेन्सी राम्रो रहे पनि नेपालबाट चीन जाने यात्रुको सङ्ख्या भने अपेक्षितरुपमा बढ्न नसकेको एयरलाइन्सको भनाइ थियो ।
 
बेइजिङ गन्तब्यको बजारमा हिस्सा बढाउन कम्पनीले बजारीकरणलाई प्रभावकारी बनाउने कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्जवला दलीले बताउनुभयो । उहाँले भन्नुभयो, “बेइजिङ उडानमा अहिले ६० र ७० प्रतिशत अकुपेन्सी छ । उता (चीनतर्फ) बाट यात्रुको आगमन राम्र्रै छ । नेपालबाट चीन जाने यात्रुको सङ्ख्या कम छ, अकुपेन्सी बढाउन बजारीकरणको कामलाई प्राथमिकता दिन्छौँ ।” 
नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले गत कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सँघारमा काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएसँगै चीनबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्रने अपेक्षा गरिएको छ । भ्रमण वर्ष अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । 
 
सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को आठ महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशतले चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । चीनबाट वार्षिक १५ करोड विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । त्यसको केही हिस्सा मात्रै नेपाल भित्र्याउनसके नेपालको पर्यटनले सकारात्मक फड्को मार्ने सरकारी अधिकारी बताउँछन् । 
 
हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौँ–बेजिङ उडान गरिरहेको छ । हिमालयले सातामा तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो मार्गमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ । काठमाडौँ बेइजिङ मार्गमा एकतर्फी उडान समय ५ः३० घण्टा हाराहारीको हुन्छ । हिमालयले हाल बङ्गलादेशको ढाका, युएइको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहामा सिधा उडान गर्दै आएको छ । बेइजिङसँगको सिधा उडान नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा सावित हुने कम्पनीले उल्लेख गरेको छ ।(रासस)
 

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

कर्पोरेट
View all

  • हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी
  • भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द
  • पश्चिम एयर बेसको शुभारम्भ
  • यती एयरलाइन्सको प्रबन्ध निर्देशकमा चन्दा
  • सञ्चारमन्त्रीलाई पर्खिएको भए ६८ यात्रुलाई समस्या पर्थ्यो ː बुद्ध एयर
  • जनता बैंकका तीनवटा डेपुटी सीईओको एकैपटक राजिनामा
  • सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त
  • राष्ट्र बैंकले दुई अर्बको ट्रेजरी बिक्री गर्दै

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.