सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

शिक्षा

प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

Published on 2019-11-07     0 Comments

प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम
हेटौँडा, २१ कात्तिक 
 
प्रदेश ३ सरकारले निकै नै महत्वका साथमा शुरुआत गरेको एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न ९३ वटा विद्यालयमा प्रतिविद्यालय एक जनाका दरले स्टाफ नर्सलाई परिचालन गरिएको छ । उनीहरु आजबाटै तोकिएको विद्यालयमा खटिने जनाइएको छ ।
 
प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत विद्यालयस्तरबाटै बालबालिकालाई सरसफाइ, स्वस्थ खानपान, किशोर किशोरी शिक्षालगायतका विषयवस्तुका बारेमा प्रशिक्षित गराउन तथा विद्यालयमा अध्ययनरत बालबालिकाको प्राथमिक स्वास्थ्योपचारका लागि स्वास्थ्य परिचारिकाका रुपमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिएको हो । 
 
सो कार्यक्रम अनुसार गत वर्ष नमूना योजनाका रुपमा प्रदेशका विभिन्न २० वटा विद्यालयमा २० जना नर्स नियुक्त गरिएको थियो । 
 
उक्त कार्यक्रम प्रभावकारी भएसँगै मन्त्रालयले हाल प्रदेशका अन्य ९३ वटा विद्यालयका लागि नर्स नियुक्त गरि परिचालन गरेको मन्त्रालयले जनाएको छ । प्रदेशका ११९ वटा स्थानीय तहका एक एक विद्यालयमा यो वर्ष नर्स नियुक्त गर्ने कार्यक्रम तय भएको र बाँकी नर्स पनि छनोट गरी पठाउने योजना रहेको प्रदेश ३ को स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिनुभयो ।
 
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले गत वर्ष नमुना कार्यक्रमका रुपमा लागू गरिएको विद्यालयमा कार्यक्रम निकै नै प्रभावकारी भएकाले आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले अघि सारेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी हुने दाबी गर्नुभयो । मन्त्री दुलालले दीर्घकालीन सोचका साथ अघि बढाइएको कार्यक्रम प्रदेश ३ का सबै विद्यालयमा कार्यान्वयन गरिने बताउनुभयो । (रासस)

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

शिक्षा
View all

  • प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम
  • प्रभावकारी बन्दै कम्प्युटर शिक्षा
  • ‘स्मार्ट स्कूल’ बन्यो आदर्श मावि
  • त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप
  • स्थानीय कलेजमा विद्यार्थीको मोह
  • प्रकाशित नतिजामा त्रुटि भएको जनाउँदै एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित
  • बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता गर्न निर्देशन
  • शिक्षा प्रणालीमा सुधारको खाँचो स्उ ः उपराष्ट्रपति पुन

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.