सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

पर्यटन

तारेभीर पोखरीमा पर्यटकको आकर्षण

Published on 2019-11-05     0 Comments

तारेभीर पोखरीमा पर्यटकको आकर्षण
 
पोखरा, १९ कात्तिक 
 
युगौँदेखि वर्षात्को पानी सङ्कलन गरी वस्तुभाउलाई खुवाउनाका साथै कृषिका लागि पनि उपयोग हुँदै आएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभीर पोखरीको संरक्षण  तथा आवश्यक भौतिक संरचना निर्माण पछि  यो स्थलमा आन्तरिक एवं बाह्य पर्यटकको  आकर्षण बढेकोे हो । स्थानीय ९२ वर्षीय जङ्गबहादुर गुरुङका अनुसार खानेपानीको अभाव हुने बेलामा  पशुलाई खुवाउन  र खेत रोप्नका लागि तारेभीर पोखरीको पानी प्रयोग हुँदै आएको थियो ।
 
गाउँको सिरानमा रहेको सो पोखरीमा वर्षभर पानी  हुने भएकाले पशुलाई पोखरीमै लगेर पानी खुवाउनाका साथै भैंँसीका लागि आहाल बस्न उपयोगी भएको थियो । गाउँको इतिहास बनेको पोखरी यतिखेर संरक्षण र पूर्वाधार विकाससँगै पर्यटकीय गन्तव्य  बनेको उहाँले बताउनुभयो । त्यस समयमा खानेपानी भने आधा घण्टा लगाएर धाराखोलाबाट ल्याउने गरिएको जानकारी दिँदै गुरुङले  अहिले भने पातलाखर्कबाट पाइपमा ल्याइएको पानीका धारा घरघरमा पु¥याइएको छ भन्नुभयो । समुद्री सतहदेखि लगभग एक हजार ६०० मिटरको उचाइमा अवस्थित २० मिटर लामो र  १५ मिटर चाँैडा सो पोखरीको गहिराइ साढे एक मिटर रहेको वडा सदस्य चेतभक्त बरालले जानकारी दिनुभयो ।
 
उहाँकानुसार पोखरा महानगर वडा कार्यालयबाट रू दुई लाख ५० हजार र हरियो वन कार्यक्रमको रु ७५ हजार एवं स्थानीय जनसहभागिता परिचालन गरी लगभग रु चार लाखको लागतमा पोखरी पुनःनिर्माण गरिएको हो । पोखरीको चारैतर्प पक्की पर्खाल लगाई करीब १० मिटर उचाइको तारजालीले बारेर दुई वटा ढोका राखिएकाले अहिले पोखरी संरक्षणसहित सफा र सुन्दर बन्न सहयोग पुगेको छ । आफू सानो हुँदा पोखरीको पानीमा पौडी खेल्ने गरेको सुनाउँदै स्थानीय डिलबहादुर गुरुङले अहिले पोखरी संरक्षणसँगै माहुरजातका आठ सय माछाका भुरा हालिएको बताउनुभयो । पोखरीमा अहिले भैंँसीलाई आहाल बस्न नदिने गरी संरक्षण गरिएको बताउँदै उहाँले पोखरीको निकासबाट तल्लो भेगमा रहेको दश घरपरिवारको लगभग १५ हल खेतमा सिँचाइको सुविधा पुगेको जानकारी दिनुभयो ।
 
अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत मनोरम हिमशृङ्खलासहित फेवाताल र केही पोखरा बजारको  दृश्यावलोकन गर्न सकिने सो स्थानमा अहिले पनि दैनिक ५० देखि एक सय  पर्यटक आउने गरेको उहाँले बताउनुभयो । पोखरीबाट नजिकै रहेको पुम्दीभुम्दीको कालावाङ घडेरी घरवास कार्यक्रममा आउने पाहुनालाई उक्त रमणीयस्थलसम्म पु¥याउनका लागि पहल भइरहेको बताउँदै उहाँले यसको प्रचारप्रसारको आवश्यकता औंल्याउनुभयो । दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माका अनुसार पोखरीलाई विद्यालयको आम्दानीको स्रोतका रुपमा विकास गरिनुपर्दछ । विद्यालयमा हाल ४० विद्यार्थी अध्ययनरत छन् । पोखरा–सिद्धार्थराजमार्ग खण्डको छोरेपाटनदेखि पर्यटकीयस्थल शान्ति स्तुपा हुँदै पलाइचे गाउँको सिरानमा रहेको सो पोखरीसम्म पुग्न कच्ची मोटर बाटो निर्माण गरिएको छ ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

पर्यटन
View all

  • बुलबुलेमा पर्यटक बढे
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’
  • पर्यटकीय केन्द्र बन्दै अवलोकन टावर
  • तारेभीर पोखरीमा पर्यटकको आकर्षण
  • भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर
  • ‘गन्तव्य मर्दी हिमाल’ अभियान
  • पर्यटकलाई पैदलमार्ग
  • पर्यटकीय क्षेत्रमा चहलपहल

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.