सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाज

मनाइयो महालक्ष्मीपूजा

Published on 2019-10-28     0 Comments

मनाइयो महालक्ष्मीपूजा
 
काठमाडौँ, ११ कात्तिक 
 
यमपञ्चक अर्थात् तिहारको चांैथो दिन आज पनि ऐश्वर्य, धनधान्य र सम्पन्नताकीदेवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।
 
आज बिहान ९ः४३ बजेसम्म औँसी तिथि थियो । धेरै मानिसले आइतबार साँझ नै लक्ष्मीपूजा गरेका थिए । केही समुदायले भने आज लक्ष्मीपूजा गरेका छन् । विशेषगरी नेवार समुदायका मानिसले लक्ष्मीपूजा, नेपाल संवत् ९नयाँवर्ष० र आत्म ९म्ह० पूजा एवं भाईटीका तीन दिन क्रमशः गर्ने परम्परा भएको तर्क गर्दै आज लक्ष्मीपूजा गरेका हुन् ।
 
 सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।
 
आजको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाई पूजा गरिने परम्परा छ ।
    
दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ ।
 
लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रहेको छ ।
   
घरका अलावा व्यापारिक प्रतिष्ठानमा आज विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख शहर उज्यालोले झिलिमिली बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल छ ।
   
आज साँझ युवतीहरु समूह बनाई घर घरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले भलो होस् भनी घर–घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”– उहाँले भन्नुभयो । 
   
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । देउसी भैलो भने भाईटीकाका दिनसम्म खेलिन्छ । यो चलन बलिराजाले चलाएको धार्मिक विश्वास छ । (रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाज
View all

  • अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने
  • मनाइयो महालक्ष्मीपूजा
  • मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै
  • दशैँ विसर्जन
  • आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा
  • आदिनाथ मन्दिर जीर्णोद्धार
  • मिथिलामा देवी प्रतिमा विसर्जन
  • खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.