सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

बजार

च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार

Published on 2019-10-25     0 Comments

च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार
बलेवा, ८ कात्तिक 
 
गत वर्ष सामान्य देखिएको हिमाली खसी–च्याङ्ग्राको मूल्य यस वर्षको दशैँमा अस्वाभाविक वृद्धि भयो । च्याङ्ग्राको मूल्य वृद्धिको विषयलाई लिएर उपभोक्तादेखि व्यवसायीसम्मले विभिन्न अड्कलबाजी गरे । गत वर्ष रु एक हजार २०० प्रतिकिलोमा च्याङ्ग्राको मासु बिक्री गरेका व्यवसायीहरु यस वर्षको दशैँमा रु एक हजार ३०० प्रतिकिलोका दरले बिक्री बितरण गरे ।
 
नेपाल सरकारले विगतका वर्षहरुमा भारतबाट आयात हुने गरेका खसीबोका रोक्ने घोषणा गरेपछि खसीबोका र हिमाली खसीको मूल्य आकासिएको आँकलन धेरैले गरेका थिए । तर दशैँ सकिएर तिहार लाग्दा साबिकको धौलागिरिका बजारमा हिमाली खसी–च्याङ्ग्राको अभाव भएको छ । दशैँका बेला बिक्री नभएका छिट्फुटबाहेक बागलुङ, पर्वत र म्याग्दीका सदरमुकाममा च्याङ्ग्रा देखिएका छैनन् । हिमाली जिल्लाहरुमा उत्पादन भएका च्याङ्ग्रा देशका ठूला शहरमा निर्यात भएको र उत्पादनसमेत कम रहेकाले दशैँमा नै मुस्ताङमा च्याङ्ग्राको सञ्चिति सकिएको घेकर दामोदरकुण्ड गाउँपालिका–५ का च्याङ्ग्रा व्यवसायी सोम गुरुङले बताउनुभयो ।
 
बजारमा हल्ला चलेको जस्तो च्याङ्ग्राको मूल्य नबढेका कारणले नै सञ्चिति सकिएको उहाँले बताउनुभयो । “गत वर्ष गोठबाट पठाउँदा दिएको मूल्यमै यस वर्ष पनि हामीले बिक्री गरेका हौँ”, गुरुङले भन्नुभयो, “विदेशी खसीबोका रोकिएर हाम्रा खसीको मूल्यमा केही परिवर्तन भएन ।” मौका छोपेर बिचौलियाले मूल्य बढाएर किसान र उपभोक्ता दुवैलाई मारमा पारेको उहाँको गुनासो थियो । 
 
“अहिले पहिले–पहिलेको जस्तो धेरै च्याङ्ग्रा छैनन्”, बेनी बजारमा च्याङ्ग्री बेच्दै गर्नुभएका उहाँले भन्नुभयोे, “मेरो गोठमा अहिले दुई सय मात्रै च्याङ्ग्रा छन् ।” चार सयको बगालमा च्याङ्ग्रा–च्याङ्ग्री पालेका गुरुङले गत वर्षहरुमा जस्तो च्याङ्ग्रा बिक्री गर्न नपाएको बताउनुभयो । बिचौलियाले मूल्य बढाएर बेचेको थाहा भएकाले च्याङ्ग्री बिक्रीका लागि आफँै बजार झरेको गुरुङले सुनाउनुभयो । दशैँका बेला अत्यधिक च्याङ्ग्राको प्रयोग हुने भएकाले मुस्ताङका किसानले तिहारको समयमा च्याङ्ग्रीको व्यापार गर्ने गरेका छन् । 
 
च्याङ्ग्राका तुलनामा च्याङ्ग्रीको मूल्य कम पर्छ । “छ वर्ष पुगेपछि च्याङ्ग्रीले पाठा पाउँदैन”, च्याङ्ग्री बेच्नकै लागि बेनी बजार छेउमा बसेका अर्का व्यवसायी धन शेरचनले भन्नुभयोे, “थारा पाठी र बुढी च्याङ्ग्री तिहारको बेला बेचिन्छ ।” कात्तिक महिना लागेसँगै उपल्लो मुस्ताङमा चिसो बढेको छ । च्याङ्ग्रीको हुल खेदेर बजार झरेपछि व्यापार पनि हुने र चिसो पनि छलिने भएकाले आफैँ बेनी झरेको उहाँले बताउनुभयो ।
 
नेपालीहरुले दशैँ, तिहार जस्ता पर्वमा हिमाली खसीको प्रयोग धेरै गर्ने गरेको भए पनि यस वर्ष तिहार नलाग्दै बजारमा च्याङ्ग्रा देखिन छाडेका छन् । “तिहारका बेला पहिले पनि च्याङ्ग्री खोज्ने धेरै हुन्थे”, व्यवसायी गुरुङ भन्नुहुन्छ, “च्याङ्ग्रा त गोठमै सकियो ।” पर्वका बेलामा हिमाली खसीको मासु खोज्ने ग्राहक आउने गरेको भए पनि यस वर्ष तिहारमा च्याङ्ग्रा नपाएको बागलुङ बजारमा मासु व्यवसाय गर्दै आएका नन्दलाल घिमिरे बताउनुहुन्छ । “पोहोर त मङ्सिरसम्म बजारमा च्याङ्ग्रा देखिन्थे”, घिमिरेले भन्नुभयो, “अहिले म्याग्दीको उपल्लो भेग पुग्दा पनि च्याङ्ग्री मात्रै भेटियो ।” मुस्ताङका किसानले पहिले जस्तो च्याङ्ग्रा नपाल्ने र चीनबाट लुकीछिपी मुस्ताङ हुँदै भित्रिने च्याङ्ग्रामा कमी आएकाले पनि च्याङ्ग्रा अभाव भएको व्यवसायीहरु बताउँछन् । 
 
मुस्ताङमा सहजरूपले सवारी पुग्न थालेपछि छिमेकी तथा नजीकका जिल्लामा भन्दा धेरै देशका ठूला शहरमा यहाँका खसी निर्यात हुने गरेका छन् । “अहिले त गाडीमाथि नै पुग्छ”, गुरुङले भन्नुभयो, “हिँडाएर ल्याउनेभन्दा गाडीमा लग्ने धेरै छन् ।” हिमाली वनस्पति खाएर बाँच्ने बाख्रा प्रजातिको एक वयस्क च्याङ्ग्रीले वर्षमा एक पटक मात्रै पाठापाठी पाउँछ । मुस्ताङका किसानहरुले छ वर्ष पुगेका च्याङ्ग्रीहरु मासुको प्रयोजनका लागि बिक्री गर्ने गरेका छन् । अहिले बजारमा आएका च्याङ्ग्री जिउँदो २० किलोको रु १० हजारदेखि ११ हजार ५००सम्म बिक्री हुँदै आएको छ ।(रासस)
 

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

बजार
View all

  • सुनको मूल्यमा सामान्य वृद्धि
  • गैँडाछाप सिमेन्टको मूल्य घट्यो
  • फेरि उकालो लाग्न थाल्यो सुन
  • च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार
  • तिहारको मौकामा व्यापारीद्वारा मनोमानी, खाद्य पसलमा मदिरा बिक्री
  • फूलमा आत्मनिर्भर बन्दै ः यस वर्ष आयातीत फूलमा कमी
  • सहकारीले बेचे रु दुई करोडका खसीबोका
  • अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.