सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

सूचना-प्रबिधि

दुई दिनदेखि टेलिफोन अवरुद्व

Published on 2019-10-20     0 Comments

दुई दिनदेखि टेलिफोन अवरुद्व
सिमकोट, ३ कात्तिक 
 
हुम्लाको चङ्खेली गाउँपालिकामा दुई दिनदेखि टेलिफोन अवरुद्ध भएको छ । टेलिफोन अवरुद्ध हुँदा दुई हजार बढी परिवार सञ्चार सेवाबाट वञ्चित भएका बताइएको छ । 
 
वडा नं ६ स्थित मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि सञ्चार सेवा ठप्प भएको हो । यहाँका  आठ गाउँका दुई हजार परिवार प्रभाजित भएका वडा नं ३ की बासिन्दा सपना ऐडीले बताउनुभयो । नेपाल टेलिकम हुम्लाले यस विषयमा कुनै चासो नदिएको स्थानीयको आरोप छ । नेपाल टेलिकमले तिहारपछि मात्रै मर्मत सम्भार गरिने जनाएको छ ।
 
यसैगरी दक्षिणी भेगमा रहेको चंखेली गाउँपालिकामा रहेको भिस्याट एक महीनादेखि बन्द रहेको छ । वडा नं ५ नेक्पा गाउँमा रहेको एक मात्र भिस्याट फोन सेवा एक महीनादेखि अवरुद्ध हुँदा यहाँका बासिन्दाले समस्या भोग्नुपरेको छ । हिमाली गाउँ नेक्पामा फोन सुविधाका नाममा नमस्ते फोन तीन दिनदेखि अवरुद्ध रहेको छ भने एक महीनादेखि भिस्याट सेवा बन्द छ । 
 
यहाँका बासिन्दाले फोनकै लागि छ घण्टा हिँडेर छिमेकी गाउँमा जानुपरेको स्थानीय हर्कदन तामाङले बताउनुभयो । सिडिएमए, स्काई, नमस्तेलगायतका फोन सेवाले विकट गाउँमा काम नगरेको उहाँले बताउनुभयो । भिस्याट पुनःसञ्चालनका लागि दूरसञ्चारको शाखा कार्यालय सिमकोटमा जानकारी दिँदा प्राविधिक कारणले कर्मचारी मर्मत गर्न पठाउन नसकिएको बताएको स्थानिय ध्रुव्र शाहीले जानकारी दिनुभयो । 
 
भिस्याट फोनले काम नगरेपछि सार्वजनिक ठाउँका सूचना आदानप्रदानमा समेत समस्या भएको उहाँले बताउनुभयो । भिस्याट फोन सेवा एक महीनादेखि सञ्चालनमा नआउदा नेक्पा गाउँका ६० घरधूरी प्रत्यक्ष प्रभावित भएका छन् ।(रासस)
 

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

सूचना-प्रबिधि
View all

  • टेलिफोन र एडिएसएलमा समस्या
  • एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
  • दुई दिनदेखि टेलिफोन अवरुद्व
  • तनहुँको विभिन्न छ स्थानमा निःशुुल्क वाइफाई
  • पचासभन्दा बढी शहरमा अब टेलिकमको फोरजी सेवा
  • फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन
  • मानिसको मुड फोनको ब्याट्रि द्वारा नियन्त्रण : अनुसन्धान
  • मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.