सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

अर्थ

कृषि परियोजनाको बजेट ११ करोड

Published on 2019-09-23     0 Comments

कृषि परियोजनाको बजेट ११ करोड

 


काठमाडौँ,असोज ६ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षका लागि रु १० करोड ९१ लाख खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । आव २०७६÷७७ का लागि बजेट तथा कार्यक्रम अनुसार मकै जोन कार्यक्रमका लागि रु एक करोड २४ लाख ६५ हजार, धान सुपरजोनका लागि रु पाँच करोड ८८ लाख ८५ हजार, रबर जोनमा रु एक करोड १४ लाख ३० हजार, सुपारी जोनका लागि रु एक करोड १६ लाख ८५ हजार, अन्य खर्चका लागि रु नौ लाख २६ हजार र कर्मचारीको तलब भत्तालगायत प्रशासनिक खर्चका लागि रु एक करोड ३७ लाख नौ हजार खर्च हुने कार्यालयका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिनुभयो ।
 
उहाँले १० वर्षे परियोजनामा आधारित प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम झापाका १५ वटै स्थानीय तहमा यसै आर्थिक वर्षदेखि सञ्चालन गरिने बताउनुभयो । यसअघि कचनकवल गाउँपालिकामा मात्र सुपरजोन परियोजना सञ्चालित थियो । यस वर्ष परियोजनाअन्तर्गत ‘कष्टम हाइरिङ’मा किसानलाई अनुदान, खेती प्रवद्र्धन, क्षमता अभिवृद्धि, तालीम, गोष्ठी, कृषि औजार वितरण, प्रचारप्रसार सामग्री, अनुगमन लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
 
गत वर्षसम्म छुट्टाछुट्टै रुपमा सञ्चालित सुपरजोन, सुपारी जोन र रबर जोन अब एउटै एकाइबाट सञ्चालित हुने उहाँले जानकारी दिनुभयो । कार्यालयका अधिकृत लक्ष्मी गुरागाईंले जिल्लाका सबै स्थानीय तहलाई धान सुपरजोन सञ्चालनका लागि दुई सय हेक्टर जग्गाको प्लट मिलाएर आ–आफ्ना क्षेत्रको विवरण पेश गर्न आग्रह गरिए पनि हालसम्म कसैले उपलब्ध नगराएको बताउनुभयो । उहाँले कनकाई नगरपालिका र झापा गाउँपालिकाले मकै जोन क्षेत्र घोषणा गरेर काम गरिरहेका जानकारी दिनुभयो ।
 
कार्यक्रममा कनकाईका प्रमुख राजेन्द्र पोखरेलले किसानलाई अनुदान दिँदा सुपरजोनले स्थानीय तहसँग समन्वय नगरी नदिन आग्रह गर्नुभयो । उहाँले सरकारले उत्पादनमा वृद्धि गर्न र कृषिमा किसानको लागत घटाउन परियोजना लागू गरेको बताउनुभयो । गाउँपालिकाका प्रमुख जयनारायण साहले झापामा लागू भएका तीन वटै जोनका कारण युवा स्वरोजगार हुने, गरिबी घट्ने र किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने भएकाले सफल बनाउन सक्दो सहयोग गर्ने बताउनुभयो । रासस
–––

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

अर्थ
View all

  • सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण
  • बेलायती टूर कम्पनी थोमस कूक टाट पल्टियो, कारोबार बन्द
  • कृषि परियोजनाको बजेट ११ करोड
  • सोमबार १० अर्बको टे«जरी बिल बिक्री गरिँदै
  • दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने
  • महालक्ष्मी नपाको लक्ष्य अनुसार राजश्व सङ्कलन भएन
  • मौद्रिक नीति कार्यान्वयन : पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य/ सिइओलाई ६५ वर्ष उमेर हद
  • कर भनेको करै हो, करैले पनि तिर्नेपर्छ : अर्थमन्त्री डा खतिवडा

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.