सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

सूचना-प्रबिधि

टेलिफोन र एडिएसएलमा समस्या

Published on 2019-11-16     0 Comments

 टेलिफोन र एडिएसएलमा समस्या
भोजपुर, २९ कात्तिक 
 
जिल्लाको षडानन्द नगरपालिका–७ मा रहेको टेलिकमको टावरमा जडान गरिएका ल्याण्डलाइन र एडिएसएलको ब्याट्री (ब्याकअप) मा एक समस्या आएको छ । विद्युत् लाइन जानेबित्तिकै सेवा अवरुद्ध भएपछि पटकपटक समस्याका बारेमा जानकारी दिँदा पनि टेलिकमले कुनै प्रयास नगरेको जिल्लावासीको गुनासो छ ।  
 
फोन तथा इन्टरनेटको सेवा अवरुद्ध हुने बित्तिकै दैनिक काममा समेत अवरोध हुने गरेको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा लोक सेवा, शिक्षक सेवा, डिभी फाराम भर्नेलगायतका सेवा प्रदान गर्न समस्या आएको सुवास ट्रेड लिंकका सञ्चालक सुवास कठेतले बताउनुभयो । जिल्लावासीले इन्टरनेट र फोन सेवा नियमित नहुँदा अनावश्यक शुल्क तिर्नु परेको बताएका छन् । चाहेको समयमा सेवा उपभोग गर्न नपाउँदा पनि सेवा शुल्क तिर्नुपरेको होटल व्यवसायी पवन राईको गुनासो छ । 
 
नेपाल टेलिकम खाँदबारीका प्रमुख राधारमण भट्टराई प्राविधिक काम सबै धनकुटा टेलिकमले हेर्ने भएकाले धनकुटामै सम्पर्क गर्नुपर्ने भन्दै जिम्मेवारीबाट पन्छिन खोज्नुभएको छ । नेपाल टेलिकम धनकुटाले भने समस्याका बारेमा समयमा जानकारी नआएकाले यो समस्या समाधान गर्न नसकिएको बताएको छ । 
 
विराटनगर टेलिकम कार्यालयसँग समन्वय गरेर तीन÷चार दिनभित्रमै ब्याट्री व्यवस्थापन गरेर समस्या समाधान गरिने धनकुटा टेलिकमका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिनुभयो । चार वर्षअघि सेवा जडान गरिएको जिल्लामा ९६ वटा ल्याण्डलाइन र एडिएसएलको पोष्ट जडान गरिएको छ ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

सूचना-प्रबिधि
View all

  • टेलिफोन र एडिएसएलमा समस्या
  • एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
  • दुई दिनदेखि टेलिफोन अवरुद्व
  • तनहुँको विभिन्न छ स्थानमा निःशुुल्क वाइफाई
  • पचासभन्दा बढी शहरमा अब टेलिकमको फोरजी सेवा
  • फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन
  • मानिसको मुड फोनको ब्याट्रि द्वारा नियन्त्रण : अनुसन्धान
  • मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.