सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

स्वास्थ्य

२२ हजार विद्यार्थीले लिए सेवा

Published on 2019-11-16     0 Comments

२२ हजार विद्यार्थीले लिए सेवा
बनेपा, ३० कात्तिक 
 
जिल्लाको सात स्थानीय तहका सामुदायिक विद्यालयका करिब २२ हजार ६ विद्यार्थीले इएर केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कानको उपचार र त्यसबाट हुनसक्ने सम्भावित समस्याबाट मुक्त हुने विषयमा उपचार तथा परामर्श सेवा लिएका छन् ।
 
सो संस्थाले स्थानीय तहसँगको समन्वयमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा रोखर १८ महिनादेखि  सञ्चालन गरिएको अभियानमा ती विद्यार्थीको कानको उपचार गरी सहयोग गरेको संस्थाका अध्यक्ष डा मिलन महर्जनले बताउनुभयो । “बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र तेमाल गाउँपालिका गरी १३० विद्यालयका २२ हजार ६ विद्यार्थीको कान जाँच गरिएकामा दुई हजार ८१ विद्यार्थीमा समस्या देखिएको छ, २९८ जनाको कान शल्यक्रिया नै गर्नुपर्नेमा २०३ जनाको शल्यक्रिया गरेका छौँ”, महर्जनले भन्नुभयो । 
 
संस्थाका अध्यक्ष महर्जनका अनुसार उपचार निःशुल्क गरिएको हो । बढीजसो गाउँबाट शहरमा विभिन्न पेशा–व्यवसाय गरेर बस्ने निम्नवर्गका परिवारका छोराछोरीहरुमा कानको समस्या भएको पाइएको डा महर्जनले बताउनुभयो ।
 
शल्यक्रिया गर्न बाँकी करिब सय विद्यार्थी सम्पर्कमा आएमा शल्यक्रियामा सहयोग गर्ने संस्थाका उपाध्यक्ष पुरु रिसालले बताउनुभयो । धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले नगरपालिकाले बालमैत्री घोषणा गर्न लागिरहेको बेलामा उक्त कार्यक्रमलाई निरन्तरता दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

स्वास्थ्य
View all

  • २२ हजार विद्यार्थीले लिए सेवा
  • सिकलसेलले थला परेका थारु समुदाय
  • सुविधा सामुदायिक एकाइ स्थापना
  • मधुमेह रोगसम्बन्धी बृहत् सम्मेलन बिहीबार
  • उपकरण सहयोगपछि प्रसूतिमा सहज
  • राप्तीपारि १५ श्ययाको अस्पताल बन्दै
  • ४० हजार लाभान्वित
  • दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.