सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

राजनीति

राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई

Published on 2019-11-14     0 Comments

राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
काठमाडौँ, २८ कात्तिक 
 
राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । वासिङ्टन डिसीमा आउँदो डिसेम्बर ४–६ सम्म हुने इन्टरनेशनल डेमोक्र्याटिक युनियन फोरम र प्रवासी नेपाली एकता समाजले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष कमल थापा बुधबार अमेरिका प्रस्थान गर्नुभएकाले पार्टीको दैनिक कार्यसम्पादन गर्न तामाङलाई जिम्मेवारी दिइएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
 
पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा नेपालको भूभाग समेतलाई समेट्ने गरी हालै भारतबाट एकतर्फी रुपमा सार्वजनिक गरेको नक्शा त्रुटीपूर्ण रहेकाले सञ्चाउन माग गरिएको छ । उक्त विज्ञप्तिमा सुगौली सन्धिबाट कायम रहेको काली नदीपूर्वको नक्शा प्रकाशित गरिएको र सोबाट यसअघि नेपाल र भारत सरकारबीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिवस्तरिय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल भारत बीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई पार्टीले अत्यन्त गम्भीरतापूर्वक लिएको जनाइएको छ ।
 
दुई घनिष्ठ छिमेकीकाबीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा नहुने उल्लेख गरिएको उक्त विज्ञप्तिमा भारतबाट प्रकाशित राजनीतिक नक्शामा भएको त्रुटि सच्याउन र नेपालको भू–भागको संरक्षण गर्नको लागि अविलम्ब कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपाले जोडदार माग गरेको छ ।
 
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० ले हिन्दू राष्ट्र स्थापनाका माग गर्दै जनकपुरको जानकी मन्दिरबाट आज रथयात्रा शुरु गर्न लागेको जनाएको छ । धनुषा महोत्तरी, सर्लाही वारा, पर्सा, मकवानपुर, चितवन हुँदै आगामी मङ्सिर ४ गते लुम्बिनीमा आएर सो रथयात्रा सम्पन्न गरिने नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
 
 यात्राका क्रममा जलेश्वर, गौर, कलैया, चितवन, कावासोती, भैरहवामा राजनीतिकसभा गरिने जनाइएको छ । (रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

राजनीति
View all

  • राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
  • युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो
  • उपनिर्वाचन २०७६ नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै
  • नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन
  • सभापति देउवाद्वारा भारतीय राजदूतसँग टेलिफोन संवा
  • समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी
  • बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्न सकिन्छ’
  • काङ्ग्रेस केन्द्रीय समिति बैठक शुक्रबार

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.