सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

पर्यटन

बुलबुलेमा पर्यटक बढे

Published on 2019-11-14     0 Comments

बुलबुलेमा पर्यटक बढे
वीरेन्द्रनगर, २८ कात्तिक 
 
सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । गत साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आइसकेकामा  करीब दुई सय विदेशी पर्यटक पुगेका  छन् । पछिल्लो समय ताललाई सफा र थप आकर्षित बनाइएकाले  यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । 
 
 दशँैं र तिहारजस्ता चाडपर्वका बेला यहाँ घुम्न आउनाका साथै पिकनिकका  लागि पनि पर्यटक  आउने गर्दछन् । चाडपर्व सकिएसँगै पिकनिकस्थलको रुपमा यो  क्षेत्र भीड लाग्ने गरेको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँ बुलबुले उद्यान पुनःनिर्माण गरिनाका साथै तालमा डुङ्गा पनि सञ्चालन गरिएको छ । 
 
दशैँ ंतिहारपछि बुलबुले ताल घुम्न आउनेको सङ्ख्यामा ह्वात्तै बढेको उक्त समितिका कर्मचारी निर्मला बास्तोलाले बताउनुभयो । मुगुको रारा ताल घुम्न आउने पर्यटक बुलबुलेमा पनि घुमेरै जाने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेने गरेको  उहाँको भनाइ थियो
 
बुलबुलेमा यतिबेला दैनिक तीन हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । बर्दियादेखि पिकनिक आउनुभएका कृष्ण रोकायले आफूलाई बुलबुले राम्रो लागेको बताउनुभयो । त्यसैगरी बाँकेबाट घुम्न आउनुभएका सरिता मगरले पहिलेको भन्दा केही परिवर्तन भएको बताउँदै अझै यसलाई व्यवस्थित बनाउन सके बाह्य पर्यटकको आकर्षण बढ्ने जानकारी दिनुभयो ।पर्यटकको सङ्ख्या वृद्धि भएसँगै त्यहाँको आम्दानीसमेत बढन थालेको  छ ।  गत वर्ष दुई लाख ४७ हजार पर्यटक आउँदा रु पाँच लाख आम्दानी भएको उक्त समितिका लेखापाल खड्ग  रानाले जानकारी दिनुभयो । 
 
सवारी साधन पार्किङ स्थल, पिकनिक स्पट, ‘फिलिम सुटिङ’, खानेपानीको व्यवस्था, डुङ्गामा सयरजस्ता सुविधाका कारण बुलबुले तालबाट आम्दानी हुन थालेको र सो आम्दानी बुलबुलेको संरक्षण, विकास, र व्यवस्थापनमा खर्च हुने उहाँले बताउनुभयो ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

पर्यटन
View all

  • बुलबुलेमा पर्यटक बढे
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’
  • पर्यटकीय केन्द्र बन्दै अवलोकन टावर
  • तारेभीर पोखरीमा पर्यटकको आकर्षण
  • भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर
  • ‘गन्तव्य मर्दी हिमाल’ अभियान
  • पर्यटकलाई पैदलमार्ग
  • पर्यटकीय क्षेत्रमा चहलपहल

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.