सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाज

अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने

Published on 2019-11-09     0 Comments

अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने
भद्रपुर, २३ कात्तिक 
 
पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्नुहुने भएको छ ।
 
मङ्सिर २ देखि ९ गतेसम्म हुने धार्मिक अनुष्ठानमा यसपटक बामन पुराण, रुद्राभिषेक महायज्ञ, सद्विजारोपण, कृत्रिम अङ्ग प्रत्यारोपण, आँखा शिविरलगायतका कार्यक्रम गरिने भएको छ ।
 
हरेक वर्ष धाममा वार्षिक अनुष्ठान हुने गर्दछ । पहिलोपटक किराँत धर्मका गुरु लिङ्देनलाई अनुष्ठानको प्रमुख अतिथि बनाउने निर्णय गरिएको अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।
 
किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्र सुब्बाले विश्वशान्ति र मानव जातिबीचको एकताका लागि अर्जुनधारा जलेश्वरधामले आयोजना गर्दै आएको धार्मिक अनुष्ठानमा किराँत धर्मका गुरु आत्मानन्द लिङ्देनलाई निमन्त्रणा गरेकोमा समस्त किराँत धर्मावलम्बी हर्षित भएको बताउनुभयो ।
 
“यसबाट नेपालीमा कायम रहेको धार्मिक सद्भाव र सहिष्णुतालाई अझ बलियो बनाउँछ”, किराँतधर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष सुब्बा भन्नुहुन्छ । “जगद्गुरु शङ्कराचार्य हेमानन्द गिरी र जगद्गुरु मुमुक्षानन्द महाराजजी मङ्सिर ५ गते आउनुहुने भएको छ । भारतको कोलकातास्थित महावीर सेवा सदनको सहयोगमा मङ्सिर ५ देखि ७ गतेसम्म निःशुल्क आँखा शिविर र मङ्सिर १३ देखि २० गतेसम्म निःशुल्क कृत्रिम अङ्ग प्रत्यारोपण कार्यक्रम सञ्चालन गरिने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभएको छ ।”(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाज
View all

  • अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने
  • मनाइयो महालक्ष्मीपूजा
  • मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै
  • दशैँ विसर्जन
  • आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा
  • आदिनाथ मन्दिर जीर्णोद्धार
  • मिथिलामा देवी प्रतिमा विसर्जन
  • खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.