सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

शेयर बजार

सेयर बजार पुनः ओरालो

Published on 2019-11-05     0 Comments

सेयर बजार पुनः ओरालो
काठमाडौँ, १९ कात्तिक
 
धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । सोमबार झिनो अङ्कले बढेको परिसूचक आज भने सोही लयमा घटेको छ । 
 
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८१ विन्दुले घटेर एक हजार १३९.४५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.३९ ले घटेर २५०.१२ मा पुगेको छ । 
 
झिनो अङ्कले नेप्से ओरालो लागे पनि कारोबार रकममा भने आइतबार र सोमबारको तुलनामा सुधार देखिएको छ । कुल १६२ कम्पनीको १० लाख ५८ हजार ८९६ कित्ता शेयर रु २८ करोड ४४ लाख ७२ हजार ५०१ मूल्यमा खरिदबिक्री भयो । 
 
कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर ओरालो लागेको छ भने एक उपसमूह भने तटस्थ देखिएको छ । 
 
स्टकका अनुसार बैङ्किङ ०.४, उत्पादन १६.५२, लघुवित्त १ र सामूहिक लगानी कोष ०.१७ अङ्कले बढ्दा व्यापार उपसमूह तटस्थ रह्यो । यस्तै होटल ६.३९, विकास बैङ्क ०.५२, जलविद्युत् ३.२, फाइनान्स ३.५७, निर्जीवन बीमा २८३.३, अन्य ३.०५ र जीवन बीमा १४.९६ विन्दुले घटेका छन् । 
 
कारोबार रकमका आधारमा प्रभु बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु तीन करोड ९४ लाख २३ हजार २४ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको रु दुई करोड ६३ लाख २० हजार, प्रभु बैङ्कको रु एक करोड ५६ लाख ४५ हजार ७७५, एभरेष्ट बैङ्कको रु एक करोड ४६ लाख ४६ हजार ४३५, नबिल बैङ्कको रु एक करोड २४ लाख ७४ हजार १२५ र मुक्तिनाथ विकास बैङ्कको संस्थापक शेयर रु ९२ लाखमा कारोबार भई शीर्ष स्थानमा रहे । 
 
स्टकका अनुसार ग्लोबल आएमई सम्मुन्नत स्किम–१ का शेयरधनीले १० प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्था ५.६२, नयाँ नेपाल लघुवित्त विकास बैङ्क ५।०७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८२, गुडविल फाइनान्स ४.५८ र हिमालयन डिष्टिलरीका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाए । 
 
यस्तै सिनर्जी पावरका लगानीकर्ताले १० प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ५.७६, रिलायन्स फाइनान्स ५.०४, नेशनल हाइड्रोपावर ३.७७, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सिर्जना फाइनान्स ३.१५ र कर्णाली डेभलपमेन्ट बैङ्कका शेयरधनीले २।९७ प्रतिशतले गुमाए ।  (रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

शेयर बजार
View all

  • नेप्से दोहोरो अङ्कले बढ्यो
  • धितोपत्र बजार नेप्से परिसूचक ओरालो
  • सेयर बजार पुनः ओरालो
  • धितोपत्र बजारः झिनो अङ्कको वृद्धि
  • साताको पहिलो दिन नै नेप्से घट्यो
  • झिनो अङ्कले बढ्यो नेप्से
  • आज पनि घट्यो नेप्से
  • नेप्से परिसूचक ओरालो यात्रामा

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.