सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

शेयर बजार

धितोपत्र बजारः झिनो अङ्कको वृद्धि

Published on 2019-11-04     0 Comments

धितोपत्र बजारः झिनो अङ्कको वृद्धि
काठमाडौँ, १८ कात्तिक 
 
साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ०.९७ बिन्दुले बढेर एक हजार १४०.२६ मा पुगेको छ । 
 
यस्तै सेन्सेटिभ परिसूचक ०.०४ अङ्कले बढेर २५०.५१ मा पुगेको छ । नेप्से झिनो अङ्कले बढ्दा कारोबार रकम भने आइतबारको तुलनामा केही वृद्धि भएको छ । कुल १६३ कम्पनीको सात लाख ५९ हजार ७१२ कित्ता शेयर रु १९ करोड १८ लाख ५४ हजार ३३३ मा खरिदबिक्री भए । आइतबार १६१ कम्पनीको सात लाख ८४ हजार ७४० कित्ता शेयर रु १७ करोड ५५ लाख ४४ हजार ४७२ मा खरिदबिक्री भएको थियो । 
 
स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने चार उपसमूहको शेयर घटेका छन् । बैङ्किङ ०.९२, विकास बैङ्क ०.८३, फाइनान्स १ र अन्य उपसमूह २.४६ बिन्दुले घट्दा होटल ५.६३, जलविद्युत् १७.४३, निर्जीवन बीमा १४.३८, उत्पादन ०.९६, लघुवित्त ५.६, जीवनबीमा ३.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले बढेको छ । 
 
कारोबार रकमका आधारमा नविल बैङ्क शीर्ष स्थानमा रहेको छ । आइतबार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको सो बैङ्कको शेयर आज रु एक करोड ९८ लाख ८६ हजार ४५३ मा खरिदबिक्री भयो । प्रभु बैङ्क रु एक करोड ६१ लाख ५३ हजार ५९२, चिलिमे जलविद्युत् कम्पनी रु एक करोड १९ लाख ५३ हजार ८२९, प्राइम कमर्सियल बैङ्क रु ९२ लाख ४६ हजार, नेपाल बैङ्क लिमिटेड रु ७० लाख ३१ हजार २६४ र कृषि विकास बैङ्क रु ५७ लाख २० हजार ७५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 
 
स्टकका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९३ प्रतिशतले कमाउँदा चिलिमे जलविद्युत् कम्पनी ६.२४, नेरुडे लघुवित्त विकास बैङ्क ५.६९, एनआइसी एसिया ग्रोथ फण्ड ५.४७ र हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाए । 
 
यस्तै जोशी हाइड्रोपावर ४.८३, गुर्खाज फाइनान्स ४.३४, माउन्टेन हाइड्रो ३.७५, अरुण भ्याली हाइड्रोपावर ३.०६ र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.६५ प्रतिशतले गुमाए । (रासस)

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

शेयर बजार
View all

  • नेप्से दोहोरो अङ्कले बढ्यो
  • धितोपत्र बजार नेप्से परिसूचक ओरालो
  • सेयर बजार पुनः ओरालो
  • धितोपत्र बजारः झिनो अङ्कको वृद्धि
  • साताको पहिलो दिन नै नेप्से घट्यो
  • झिनो अङ्कले बढ्यो नेप्से
  • आज पनि घट्यो नेप्से
  • नेप्से परिसूचक ओरालो यात्रामा

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.