सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

शिक्षा

प्रभावकारी बन्दै कम्प्युटर शिक्षा

Published on 2019-11-04     0 Comments

 प्रभावकारी बन्दै कम्प्युटर शिक्षा
खस्यौैली, १८ कात्तिक 
 
प्राविधिक ज्ञान तथा त्यसको व्यावहारिक उपयोगका बारेमा कपिलवस्तुका केही युवाले शुरु गरेको कम्प्युटर शिक्षा प्रभावकारी हुन थालेको छ । राइट स्टेप कम्प्युटर एजुकेशन एकेडेमीले कपिलवस्तुबाट झण्डै नौ वर्षअघि शुरु गरेको कम्प्युटर साक्षरता अभियान कम्प्युटर शिक्षा सिकाउने उद्देश्यले विसं २०६८ मा स्थापना गरेको थियो । 
 
बुद्धजन्मस्थल लुम्बिनीका बालबालिका तथा विद्यार्थीलाई कम्प्युटर शिक्षामा साक्षर बनाउने भन्दै लुम्बिनीमा आज अभियानको शुभारम्भ गरिएको छ । सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी ९भन्ते मेत्तेय० र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले संयुक्त रुपमा अभियानको शुभारम्भ गर्नुभयो । 
 
उक्त अवसरमा  उहाँहरुले कम्प्युटर शिक्षालाई सर्वसुलभ बनाएर विस्तार गरेकामा अभियानकर्ताको प्रशंसा गर्नुभयो । ‘सबैका लागि सर्वसुलभ र निःशुल्क कम्प्युटर शिक्षा अभियान’ भन्ने नाराले आफूहरुलाई आकर्षित गरेको भन्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले अभियानका सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो । कपिलवस्तुदेखि जुम्ला, कालीकोट, कञ्चनपुरसहित ४० जिल्लामा कम्प्युटर कोर्ष ९पिडिआइसिए० सञ्चालन गरी त्यहाँका विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको अभियानका संस्थापक अध्यक्ष तथा अगुवा दीपेन्द्र शर्मा पौडेलले बताउनुभयो ।
 
 ती जिल्लाका झण्डै ७० सूचीकृत कम्प्युटर इन्ष्टिच्यूटमार्फत् अभियान सञ्चालन गर्दै आएको अगुवा उहाँले जानकारी दिनुभयो । एक वर्षे प्रोफेस्नल डिप्लोमा इन कम्प्युटर एप्लिकेटियो कोर्षमा अहिले एकै साथ करीब २० हजार भन्दा धेरै विद्यार्थीले कम्प्युटर शिक्षा लिइरहेका बताइएको छ । विद्यार्थीलाई कम्प्युटर सम्बन्धी एक वर्षे कोर्षमा सामान्य कार्यालय प्रायोजनमा आउने कम्प्युटरका विभिन्न साधारण प्रोगामदेखि हार्डवेयर सम्मको कोर्ष पढाइ भइरहेको छ । 
 
सोही अवसरमा लुम्बिनी विकास कोषले अभियानमा सहकार्य गर्ने भन्दै केही थान कम्प्युटरसमेत प्रदान गरेको थियो । लुम्बिनी क्षेत्रकै बालबालिकाले अध्ययान गर्ने र लुम्बिनीमै अभियानको केन्द्र बनाएकाले सहकार्य गरेको कोषका निमित्त सदस्य सचिव इञ्जिनीयर सरोज भट्टराईले बताउनुभयो । संस्थाले अभियानमा सहकार्य गर्ने र सहयोग पु¥याउने संस्था तथा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको थियो । 
 
अपाङ्ग र जेहेन्दारलाई निःशुल्क कम्प्युटर शिक्षा कम्प्युटर शिक्षा लिन चाहेका तर, आर्थिक अभाव भएका विद्यार्थीलाई सम्बन्धित सरकारी निकायको सिफारिसमा सो अभियानले निःशुल्क शिक्षासमेत प्रदान गर्दै आएको छ । जेहेन्दारलाई सहुलियत रुपमासमेत अध्यापन गराइँदै आएको अभियानकर्ताले जनाएका छन् ।
 
सो संस्थालाई नेपाल सरकारले सूचीकृत गर्दै आइएसो ९००१ /२००८ गुणस्तर प्रमाण चिन्ह प्रदानसमेत गरिसकेको छ । देशभरका झण्डै दुई हजार असक्त र अपाङ्ग एवं जेहेन्दार विद्यार्थीलाई सम्बन्धित निकायको सिफारीसमा पूर्ण निःशुल्क शिक्षा प्रदान गरिरहेको कार्यक्रम संयोजक तथा मेघाटेक इन्ष्टिच्यूटका सञ्चालक यमलाल खरेलले जानकारी दिनुभयो ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

शिक्षा
View all

  • प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम
  • प्रभावकारी बन्दै कम्प्युटर शिक्षा
  • ‘स्मार्ट स्कूल’ बन्यो आदर्श मावि
  • त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप
  • स्थानीय कलेजमा विद्यार्थीको मोह
  • प्रकाशित नतिजामा त्रुटि भएको जनाउँदै एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित
  • बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता गर्न निर्देशन
  • शिक्षा प्रणालीमा सुधारको खाँचो स्उ ः उपराष्ट्रपति पुन

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.