सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

शिक्षा

‘स्मार्ट स्कूल’ बन्यो आदर्श मावि

Published on 2019-11-03     0 Comments

‘स्मार्ट स्कूल’ बन्यो आदर्श मावि
फिक्कल, १७ कात्तिक 
 
प्रदेश नं १ सरकारले इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई ‘स्मार्ट स्कूल’का रुपमा विकास गरेको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासनकालमै स्थापित सो विद्यालयलाई ‘स्मार्ट स्कूल’ घोषणा गरिएको हो ।  प्रतिनिधिसभा सदस्यको हरेक निर्वाचन क्षेत्रमा एक/एकवटा यस्ता विद्यालयलाई ‘स्मार्ट स्कूल’का रुपमा स्तारोन्नति गरिने कार्यक्रमअनुसार सो कार्य गरिएको हो । अब शिक्षकहरूलाई चक–डस्टरसहित मार्करले लेख्नुपर्ने बाध्यता अन्त्य भएको छ । 
 
त्यस्तै विद्यार्थीले पनि स्मार्टबोर्डमार्फत चाहेको कुरा सिक्न पाउनाका साथै अत्याधुनिक सूचना– प्रविधिको अधिक्तम प्रयोग गर्न पाउने भएका छन् ।  यो विद्यालय सूचना प्रविधि मैत्री बनाउन  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारले  सहयोग गरेको थियो । उक्त मन्त्रालयले विद्यालयलाई रु ७० लाख बराबरका कम्प्युटर, स्मार्ट ह्वाइटबोर्ड, प्रोजेक्टर, साउन्ड सिस्टम, नेटवर्क क्यामेरालगायत २० प्रकारका सामग्री प्रदान गरेको थियो भने प्रदेश सरकारले  करीब रु २० लाख बराबरका कम्प्युटर, सिसी क्यामेरा, एलइडी टिभीलगायत सामग्री प्रदान गरेको थियो । यस किसिमको पढाइले आफूहरुलाई नौलो अनुभव हुनाका साथै पहिलाभन्दा अझ सहज भएको विद्यार्थी दीपेश तामाङले बताउनुभयो । उपलब्धिमूलक कार्यक्रम भए पनि आफूहरुमा  चुनौतीसमेत थपिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोमल निरौलाले बताउनुभयो । उहाँकानुसार विद्यालयमा भौतिक संरचनासहित घेराबारा नहुँदा समस्या भएको छ । कार्यक्रम थपिएकामा आफूहरु हर्षित भए पनि यस कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न सकिन्छ या सकिँदैन भन्ने चिन्तासमेत बढेको अध्यक्ष निरौलाले बताउनुभयो । 
 
विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले सूचना प्रविधमैत्री विद्यालय घोषणाले विद्यार्थीहरुलाई अझ दक्ष बनाउँछ तर विद्युत् र इन्टरनेट नियमित नहुँदा चुनौती थपिएको उहाँको भनाइ थियो । यस किसिमको पढाइले गरीब र जेहेन्दार विद्यार्थीलाई पनि प्राविधिक विषय अध्यापनका लागि सहज भएको छ । एकदेखि १२ कक्षासम्म सञ्चालित यो विद्यालयमा एक हजार ७६१ विद्यार्थी छन् । अङ्ग्रेजी माध्यममा पठनपाठन शुरु गरिएकाले विद्यालयमा विद्यार्थी सङ्ख्या पनि थपिँदै गएको बताइएको छ ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

शिक्षा
View all

  • प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम
  • प्रभावकारी बन्दै कम्प्युटर शिक्षा
  • ‘स्मार्ट स्कूल’ बन्यो आदर्श मावि
  • त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप
  • स्थानीय कलेजमा विद्यार्थीको मोह
  • प्रकाशित नतिजामा त्रुटि भएको जनाउँदै एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित
  • बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता गर्न निर्देशन
  • शिक्षा प्रणालीमा सुधारको खाँचो स्उ ः उपराष्ट्रपति पुन

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.