सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

बजार

गैँडाछाप सिमेन्टको मूल्य घट्यो

Published on 2019-11-03     0 Comments

गैँडाछाप सिमेन्टको मूल्य घट्यो
गाईघाट, १७ कात्तिक 
 
नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ ।
 
देशमा उत्पादित अन्य सिमेन्टहरुको मूल्य घट्दै गइरहेको बेला अन्य सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु २५ का दरले घटाइएको उद्योग प्रशासनले बताएको छ ।
 
यसअघि गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८०३ रहँदै आएकामा तीन दिनअघि गैँडाछाप सिमेन्टको मूल्य रु २५ घटाएर प्रतिबोरा रु ७७८ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताउनुभयो । गैँडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले बिक्री दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ ।
 
दैनिक चार–पाँच हजार बोरासम्म मात्र बिक्री भइरहेको गैँडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले दैनिक १० हजार बोरादेखि १२ हज्जार बोरा बिक्री हुन थालेको समेत उद्योगका निमिक्त महाप्रबन्धक साहले बताउनु भएको छ । उहाँले भन्नुभयो, “गैँडाछाप सिमेन्ट जापानी प्रविधिबाट उत्पादन हुने एशियाकै उत्कृष्ट गुणस्तरीय सिमेन्ट हो, यो सिमेन्टसँग प्रतिपस्र्धा गर्ने अन्य उत्पादित सिमेन्ट नै अहिलेसम्म उत्पादन भएको छैन तर पनि अन्य उत्पादित सिमेन्टहरुको मूल्यमा हेरफेर हुँदा गैँडाछाप सिमेन्टको पनि मूल्य निर्धारण गरिने र मिलाउनुपर्ने हुनाले अहिले बजार मूल्य घटाइएको हो ।”
 
अढाई वर्षअघि सम्म घाटामा रहेको उदयपुर सिमेन्ट उद्योग विद्युत्भार कटौती हटेर सुधार आएपछि दुई वर्षदेखि नाफामा जान थालेको छ । अहिले उद्योगमा झण्डै एक लाख बोराभन्दा बढी सिमेन्ट ‘स्टक’ रहेको छ भने एक लाख ३० हजार बोरा सिमेन्ट उत्पादनका लागि क्लिङ्कर ‘डिपोजिट’ रहेको छ ।
 
यस्तै उद्योगले पूर्ण क्षमतामा दैनिक १६ हजारदेखि १८ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आएको उद्योग प्रशासनले बताएको छ ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

बजार
View all

  • सुनको मूल्यमा सामान्य वृद्धि
  • गैँडाछाप सिमेन्टको मूल्य घट्यो
  • फेरि उकालो लाग्न थाल्यो सुन
  • च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार
  • तिहारको मौकामा व्यापारीद्वारा मनोमानी, खाद्य पसलमा मदिरा बिक्री
  • फूलमा आत्मनिर्भर बन्दै ः यस वर्ष आयातीत फूलमा कमी
  • सहकारीले बेचे रु दुई करोडका खसीबोका
  • अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.