सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

वातावरण

हिमालय क्षेत्रका नदी फोहर गर्न नहुने

Published on 2019-10-23     0 Comments

हिमालय क्षेत्रका नदी फोहर गर्न नहुने
काठमाडौँ, ६ कात्तिक 
 
मानवीय सभ्यताको विकास हिमालय खण्डबाट भएकाले यस क्षेत्रका नदीमा फोहर गर्नु नहुनेमा जोड दिइएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चले आज जोरपाटीमा आयोजना गरेको सफाइसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा भारत सफाइ अभियानका मुख्य अभियानकर्मी विन्दुभूषण दुवेले नेपाल नै सभ्यताको मुहान भएकाले यहाँका नदीनाला स्वच्छ हुनुपर्ने बताउनुभयो । 
 
   सफाइ मानव जीवनसँग अत्यन्तै महत्व राख्ने विषय भएकाले हिमालय क्षेत्रको संवेदनशीलतालाई बुझेर अब घर घरबाट रुख रोप्ने अभियान शुरु गर्नुपर्ने सफाइ दूतसमेत रहनुभएका उहाँको भनाइ थियो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले मुहान क्षेत्रदेखिकै वाग्मती सफाइमा स्थानीय सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । मञ्चका अध्यक्ष उत्तम पुडासैनीले वाग्मती सफाइ अभियानका क्रममा हासिल भएका अनुभव र सफलताका कथा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।
 
सो अवसरमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत तथा आयोजना प्रमुख लीलाप्रसाद ढकालले वाग्मतीका भावी कार्यक्रमका बारेमा जानकारी गराउनुहुँदै तीन महीनाभित्रमा पशुपति मन्दिरअघिको नदीमा हातले चलाउन मिल्ने पानी बगाउने प्रतिबद्धता जनाउनुभयो ।  
 
कार्यक्रममा आई डि एस नेपालका तर्फबाट प्रभा पोखरेल, गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायणबहादुर सुबेदी लगायतले सफाइ अभियानले नदी सफा गर्नुपर्छ भन्ने जागरण ल्याएको बताउनुभएको थियो । (रासस)
 

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

वातावरण
View all

  • फोहर व्यवस्थापन गरिने
  • हिमालय क्षेत्रका नदी फोहर गर्न नहुने
  • दशैँसम्म वर्षा हुने मौसम पूर्वानुमान
  • दक्षिण अफ्रिकामा गैंडा चोरीशिकारी घट्यो
  • मनसुन बाहिरिन अझै एक साता लाग्ने
  • दू्रतमार्गमा काटिएका रुखको बदलामा बिरुवा रोपिए
  • बिहीबारसम्म मनसुनी गतिविधि बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह
  • बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.