सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाज

आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा

Published on 2019-10-12     0 Comments

आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा
काठमाडौँ, २५ असोज 
 
काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा मूर्ति प्रतिस्थापन गरी आज प्राण प्रतिष्ठा गरिएको छ । मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका क्रममा मूर्तिलाई मन्दिरबाट बाहिर सुरक्षित स्थानमा राखिएकामा आज विधि विधानअनुसार पूजा गरी मूर्तिमा प्राण हालिएको हो ।  
 
विसं २०७२ को भूकम्पका कारण मन्दिरमा क्षति भई जोखिम बढेपछि पूरातत्व विभागले करीब रु दुई करोडको लागतमा हालै मन्दिर जीर्णोद्धार सकेको छ । एक्काईस वर्ग फिटमा फैलिएको मन्दिरमा गजुरसहित साततल्ले छानो प्यागोडा शैलीमा निर्माण गरिएको छ ।
 
कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदाका रुपमा स्थापित मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले आस्था प्रकट गर्छन् । मन्दिरमा अवस्थित आदिनाथलाई हिन्दूले शिवशक्तिका रुपमा तथा बौद्धले लोकेश्वरका रुपमा पूजा गर्ने परम्परा छ । 
 
परापूर्वकालमा नख्खु दोभानमा फेला पारिएको उक्त मूर्तिमा शिव तथा पार्वतीको आकृति प्रतिविम्बन भएकाले आदिनाथ भनिएको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो । आदिनाथको मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गर्दा तान्त्रिक विधिबाट क्षमा पूजा पनि गरिएको थियो । लिच्छवीकालमा निर्मित उक्त मन्दिरमा असोज शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म मेला लाग्ने गर्दछ । 
 
यस अवधिमा मन्दिरमा दर्शन गरेमा पारिवारिक सुख शान्ति कायम भई ठूलाठूला रोगव्याधिबाट मुक्त भइने विश्वास छ । त्यसैगरी मन्दिरमा चैत शुक्ल अष्टमीका दिन विशेष जात्रा लाग्छ । जात्रा भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन सहभागी हुन्छन् ।(रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाज
View all

  • अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने
  • मनाइयो महालक्ष्मीपूजा
  • मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै
  • दशैँ विसर्जन
  • आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा
  • आदिनाथ मन्दिर जीर्णोद्धार
  • मिथिलामा देवी प्रतिमा विसर्जन
  • खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.