सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाज

खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

Published on 2019-10-09     0 Comments

खड्गजात्रासहित घोडाजात्रा सम्पन्न
भक्तपुर, २२ असोज 
 
प्रत्येक वर्ष दशैँको टीका (दशमी) को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर आज बिहान सम्पन्न भएको छ । 
 
विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि मध्यरातिबाट सेतोघोडा जात्रा शुरु भएको परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो । 
 
जात्रा शुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडाजात्रा भक्तपुर नगरमा डुलाएको जोशीले बताउनुभयो । दशमीको राति वर्षमा एकदिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्रा ९पायो जात्रा० गरेर नगर परिक्रमा गराई जात्रा मनाएको उहाँले जानकारी दिनुभयो । 
 
मूल नाइके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो बाहन सेतो घोडामा सिँगारिएर तलेजु भवानी खुशियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ । 
 
राति तलेजुको मूल चोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोकसम्म र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिएको छ । जात्राको क्रममा राति दरबार क्षेत्रस्थित पशुपतिनाथ मन्दिर अगाडि घोडानाच देखाइ तीनपटक दगुराएर बिहान करीब ३ बजे घोडाजात्रा सम्पन भएको जोशीले बताउनुभयो । (रासस)
 

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाज
View all

  • अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने
  • मनाइयो महालक्ष्मीपूजा
  • मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै
  • दशैँ विसर्जन
  • आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा
  • आदिनाथ मन्दिर जीर्णोद्धार
  • मिथिलामा देवी प्रतिमा विसर्जन
  • खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.