सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

पर्यटन

पर्यटकीय क्षेत्रमा चहलपहल

Published on 2019-10-07     0 Comments

पर्यटकीय क्षेत्रमा चहलपहल
कावसोती, २० असोज 
 
बडादशँैसँगै जिल्लामा रहेका पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । दशैँको अवसरमा हुने बिदाका कारण नवलपुरमा रहेका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । चाडपर्वसँगै परिवारसहित घुमफिर गर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै जाँदा अहिले जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल देखिएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता देखिने पर्यटकीय क्षेत्रमासमेत अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ । 
 
नवलपरासी पूर्व नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरमस्थलमा पर्यटकको चाप बढेको छ । नवलपरासी पूर्व नवलपुरका गैँडाकोटमा रहेको मौलाकालिका, दाउन्नेमा रहेको दाउन्ने देवी, सिजी शाश्वतधाम, नारायणी तटीय क्षेत्र, त्रिवेणी धाम, लोसेधार, पोखरीताललगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चाप बढेको छ । 
 
जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रमध्येको एक मौलाकालिकामा अहिले अन्य समयमा भन्दा दोब्बर आन्तरिक पर्यटक दर्शन गर्न र घुम्नका लागि आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । 
 
दाउन्नेको दाउन्ने मन्दिरमा अहिले दैनिक एक हजारभन्दा धेरै आन्तरिक पर्यटक दर्शनका लागि पुग्ने गरेका छन् । देवचुली नगरपालिकामा रहेको शाश्वतधाममा अन्य स्थानमा भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 
 
सिजीका जनसम्पर्क अधिकृत रामचन्द्र धितालका अनुसार बडादशैँ शुरु भएसँगै शाश्वतधाम घुम्न आउने पर्यटको सङ्ख्या दैनिक पाँच हजारको हाराहारीमा रहेको छ । राजमार्गसँगै जोडिएको र आकर्षक मन्दिरसहितको स्थल भएकाले शाश्वतधाममा दैनिकजसो सयौँको सङ्ख्याका आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । अन्यसमेतको तुलनामा अहिले शाश्वतधाममा आउने पर्यटकको सङ्ख्या उलेख्य रुपमा वृद्धि भएको जनसम्पर्क अधिकृत धितालले बताउनुभयो ।
 
जिल्लाकै अर्को महत्वपूर्ण धार्मिकस्थल त्रिवेणीधाममा समेत सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यहाँ नवलपरासीसहित चितवन, रुपन्देही, कपिलवस्तुलगायत आसपासका जिल्ला र भारतबाट पर्यटक आउने क्रम अन्य समयको तुलनामा बढेको छ । 
 
नवलपरासीको अमलटारी हुँदै जङ्गल सफारीमा आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत अहिले बढेको अमलटारी घरबासका व्यवस्थापक धनीराम गुरौले बताउनुभयो । यी क्षेत्रसँगै रुद्रपुरगढी, पोखरी ताल, महाराज थान, बालीघाटलगायतका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । (रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

पर्यटन
View all

  • बुलबुलेमा पर्यटक बढे
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’
  • पर्यटकीय केन्द्र बन्दै अवलोकन टावर
  • तारेभीर पोखरीमा पर्यटकको आकर्षण
  • भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर
  • ‘गन्तव्य मर्दी हिमाल’ अभियान
  • पर्यटकलाई पैदलमार्ग
  • पर्यटकीय क्षेत्रमा चहलपहल

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.