सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

सूचना-प्रबिधि

तनहुँको विभिन्न छ स्थानमा निःशुुल्क वाइफाई

Published on 2019-10-03     0 Comments

तनहुँको विभिन्न छ स्थानमा निःशुुल्क वाइफाई

तनहुँ, असोज १६ ।

तनहुँको सदरमुकाम दमौलीको विभिन्न छ स्थानमा निःशुुल्क वाइफाईको सुविधा उपलब्ध हुने भएको छ । व्यास नगरपालिकाका तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपाने र वल्डलिङ्क कम्युनिकेशनका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सो सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर गर्नुभएको छ ।
 
 सम्झौताअनुसार ती स्थानमा उपकरणसहित पाँच वर्षका लागि वल्डलिङ्कले निःशुल्क वाइफाईको व्यवस्था गर्ने उल्लेख गरिएको छ । नगरप्रमुख न्यौपानेले नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गरिने योजनाअनुरुप प्रक्रिया अघि बढाइएको बताउनुुभयो ।
 
 त्यस्तै कम्पनीका सिइओ नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत इन्टरनेट सुविधा उपलब्ध गराइएको जानकारी दिनुुभयो । सम्झौताअनुसार व्यासनगरपालिका–३ को दुुर्गा मन्दिर क्षेत्र, देवी देउराली पुस्तकालय तथा देउरालीनगर सिकाइ केन्द्र, बिपी वनवाटिका खेलमैदान तथा पाञ्चायन मन्दिर, ज्येष्ठ नागरिक केन्द्र, दमौली अस्पताल तथा पार्क क्षेत्र, व्यानपाको पुस्तकालयमा सो सेवा उपलब्ध हुनेछ ।
 
 त्यस्तै  व्यासनगरपालिका–२ को कार्यालय र व्यासनगरपालिका–४ को वडा कार्यालय, कालिका जङ्गल पार्क क्षेत्रमा पाँच वर्षका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागिएको व्यासनगरपालिका–३ का वडा सदस्य रबिन पौडेलले जानकारी दिनुुभयो ।
 
 यसअघि वल्डलिङ्कमार्फत नै व्यास–३ स्थित अनसन चौतारा क्षेत्र तथा नीमचोकमा निःशुल्क वाइफाई सुविधा उपलब्ध गराइसकेको छ ।

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

सूचना-प्रबिधि
View all

  • टेलिफोन र एडिएसएलमा समस्या
  • एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
  • दुई दिनदेखि टेलिफोन अवरुद्व
  • तनहुँको विभिन्न छ स्थानमा निःशुुल्क वाइफाई
  • पचासभन्दा बढी शहरमा अब टेलिकमको फोरजी सेवा
  • फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन
  • मानिसको मुड फोनको ब्याट्रि द्वारा नियन्त्रण : अनुसन्धान
  • मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.