काठमाडाैँ - बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने आइपुगेकी छिन् । अघिल्लो भ्रमणमा विजेनसका लागि आउने सन्नीले यसपटक भने आफु अभिनित फिल्म ‘पासवर्ड’ को प्रमोसनको लागि आएकी हुन् । विहिबार दिउँसो ४ : १० बजे एअर इण्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी ल्याण्ड भएकी हुन् । उनीआज साँझ राजधानीमा हुने प्रिमियरमा सहभागी हुनेछिन् ।
एअरपोर्टबाट हायात होटेल पुगेर केहि समय विश्राम गरेपछि सन्नी प्रिमियरमा सहभागी हुनेछिन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ । सन्नीले केहि समय अगाडि भिडियो संदेश पठाउदै आफु नेपाल आउन निकै उत्साहित रहेको बताएकी थिइन् । उनी फ्याम्ली होलिडेमा पनि नेपाल आउने गर्छिन् ।
सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।
अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको फिल्मको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् । ‘पासवर्ड’ भदौ २७ अर्थात शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ ।
तस्वीर सौजन्य : दिनेश सिटौला
जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।
-हिलार्ड