रबि लामिछाने लगायतको बयान आज पनि जारी/ निर्णयको पर्खाइ
Published on 2019-08-26
0 Comments
काठमाडौँ, भदौ ९ |
संचारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित पत्रकार युबराज कंडेल तथा युवती अस्मिता गरि तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भएकोमा त्यसमाथि आज पनि बाँकी बिहान १० बजे पछि पूर्वनिर्धारित कार्यक्रम अनुसार बयान तथा थुनछेक बहस हुँदैछ । यसै बीच , जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासकोक्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
हिजो आइतबार पहिलो दिनको बहस पछि लामिछानेलाई अदालतबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि बोतल हानेका थिए ।त्यसक्रममा उत्पन्न केही तनावको स्थितिलाइ ख्याल गरि जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ नै निषेधाज्ञा जारी गरेको थियो ।
जसअनुसार आज विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने उर्दी छ । यसरी निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको छ । जसअनुसार पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म, उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म र दक्षिन तर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको भनाइ छ । यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्ने ऐनमा व्यवस्था छ ।
सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका सञ्चारकर्मी रवि लामिछानेको र अर्का अभियुक्त युवराज कँडेलको संभवत आज बयान सकिएपछि थुनामै राखी मुद्दा अघि बढाउने, धरौटीमा वा साधारण तारेखमा छोड्ने भन्ने कुराको अदालतले कुनै निर्णय गर्नेछ ।
यो प्रकरण संगै जनता किन यसरी उर्लेर निषेधाज्ञा नै जारी गर्नु पर्ने अवस्था आयो भन्ने बिषयले केही मूलभूत प्रश्न पनि उठाएको छ । चितवनमा जनता उर्लेका छन् । बोलिरहेका छन् । न्याय निसाफको कुरा उठाएका छन् । सरकारी अधिकारीहरुले गरेको काममा शंका गरिरहेका छन् । यो क्रम दश दिन यता देखि अर्थात भदौको पहिलो दिन देखि नै प्रशासनिक कार्यालय अगाडि दिनहुँ चर्को रुपमा बढी रहेको छ ।
शालिकराम मृत्यु प्रकरणमा सिधा कुरा जनतासंग भन्ने टि भी कार्यक्रमका वाचाल प्रस्तोता रबि लामिछानेको नाम मुछियो । खुलस्त रुपमा समस्या प्रस्तुत गर्ने मात्र होइन, उनले पर्दामा कारकीलाइ खबरदारी गर्ने र सरोकारवालालाई ढाढस दिने काम पनि गर्दथे । निर्भिकता उनको बिशेषता थ्यो । यति भए पनि जोखिम उठाएर बोलिदिने मानिस खोजेर हिड्नु पर्ने गरि आम जनतालाई निरीहतामा पुर्याउने जुन राज्यको कार्यशैली हो त्यस बिरुद्धको प्रतिक्रियाका रुपमा पनि चितवनको जनप्रदर्शनलाइ लिन सकिन्छ ।
अर्थात रविको संलग्नता प्रमाणित भएर उनको कार्यक्रम बन्द होला र जनताका पीर मर्का सुनाउने मानिस नपाइएला भन्ने डरले सबै खाले सर्वसाधारण जम्मा भएर आक्रोश पोखिरहेको अवस्था हो यो भनेर माने पनि भयो ।
आत्महत्या प्रकरणको अनुसन्धान, दोषी वा निर्दोषी साबित हुने चरण,अदालतको निर्णय, अब यस भित्र घुस्ने अराजकता, षड्यन्त्र, राजनीतिक उद्द्येस्श्य, राज्यको सुरक्षा रणनीति, आदि इत्यादी धेरै कुरा यो जनप्रदर्शनका क्रममा जोडिएर चर्चामा आउँन सक्छन । तर, मूलभूत कुरा के हो भने जनताले आफ्ना पीर मर्का आँफै भित्र गुम्स्याएर राखेका रहेछन र त्यो कुनै पनि वेला कुनै पनि रुपमा बिष्फोट हुन् सक्दछ भन्ने उदाहरणको रुपमा पनि चितवन लगायत देशका विभिन्न ठाउँमा रविको समर्थनमा उठेको जुलुशलाइ लिन सकिने भयो । यो कुराप्रति राज्यका अबिभाबकहरु संबेदनशील हुनुपर्ने पनि देखियो ।
बोल्न पाइन्छ । संविधानले अधिकार दिएको छ । तर, बोल्न सकिन्न । किन कि सरकारी बाध्यता कमजोरी वा दु:शासन, जे भनौं - ले थिचेको छ, आफ्नै वरपरका आफन्ती र सामन्ती परिवेशले मिचेको छ । पाइला पाइलामा शोषण, अन्याय, अभाब, दबाब र प्रभाब छ । त्यस बिरुद्ध बोल्यो कि केही न केही मार खेप्नुपर्छ । केही चर्कै बोलीले बोलेर केही क्षण स्वाद लिइहाले पनि आफ्नै बाध्यता र कमजोरीले आफैंले बोलेको कुरा धान्न सकिने अवस्था पनि छैन ।
यस्तो अप्ठेरो र सकसपूर्ण मन लिएर कसरी स्वतन्त्र छु भन्ने ? तै पनि, लाचार र असहाय अबस्थामा डुब्नु पर्दा को हि न कोहीले केही बोलिदिएर सहानुभुती वा पीर मर्काको पोको फुकाई दिए पनि सुस्केराको सास निस्कन्थ्यो भने जस्तो हुन्छ ।यस्तो बेला स्वतन्त्रताको आवाज स्वतन्त्र ढंगले उठाउने पर्यन्त होस् व बाध्यताले जन्माएका कुण्ठाहरू नै किन नहुन तिनको अभिव्यक्ति दिने मात्र पनि ठूलो सहारा बन्न सक्छ । सायद "रबि" पात्रका लागि यसै कारण पनि न्यायको माग उठिरहेको छ ।
जनताको नैसर्गिकता र स्वाभाविकता अलिकति मात्र बुझेर बोकिदिए तिनले मौका पर्दा गुण तिर्छन भन्ने उदाहरण पनि हो यो ।राजनेताहरुले त यो नबुझी नहुने कुरा पनि हो यो ।नत्र, भोलिका दिनमा "रबिमूलक" पात्रहरुलाई जनताले राजनीतिक मैदान जिम्मा नलगाइदेलान भन्न सकिन्न ।
एउटा नियन्त्रित स्वतन्त्रताको मनस्थिति भन्दा घोषित अङ्कूशमा नियन्त्रित भएर एउटा पद्धतीमा सिमित हुन् धेरै सजिलो हुन्छ । अहिले त, न स्वतन्त्रता रह्यो न त कुनै पद्धती नै भयो । यस्तो अबस्थामा बोलिदिने भनेको पत्रकारले हो, समीचिन मिमाम्सा गर्ने भनेको पत्रकारिताले हो र बोल्ने ठाउँ दिने भनेको संचार माध्यमले हो ।
यी तिन वटै कुरा सुरक्षित हुन् सकोस भनेर संविधानले अभिव्यक्ति अधिकारलाई "पूर्ण" स्वतन्त्रताको श्रेणीमा राखेको हो । तर, पूर्ण स्वतन्त्रता अराजकतामा हेलिन लग्यो र सरकारी सुशासनको प्रयत्नलाई बिथोल्न लाग्यो भनेर ऐन, नीति, नियम र निर्देशनले ब्यबस्थित गर्ने अर्को अभियान चलिरहेको छ ।
ठिक यस्तै अबस्थामा संचार माध्यम भित्रै छिरेर, कार्यकक्षवाटै, कार्यक्रम प्रशारण नै अबरुद्ध हुने गरि एउटा संचारकर्मीहरुलाई राज्यले धरपकड गर्ने कार्यले संचार माध्यम प्रति राज्यको ब्यबहार मर्यादित र सम्मानित रहेनछ भन्ने बुझाइ संचार क्षेत्रको छ । यो बुझाइलाइ चित्त बुझाउने काम पनि राज्यका अबिभाबकहरुको नै हो ।
यस्ता विभिन्न परिस्थितिहरु बीच शालिकराम मृत्यु प्रकरण, मृत्युबेलामा मृतक-बचनमा अड्केको "रबि लामिछाने" वाक्य र बिभिन्न काल परिस्थितिका उतार चढाव बीच "आत्महत्या दुरुत्साहन " मुद्दा चलिरहेको छ ।र मैदानमा ताँती का ताँती जुलुश चलिरहेको छ । प्रशासन, निषेधित क्षेत्र घोषणा गरेर परिस्थिति सुरक्षित र साम्य बनाउने प्रयत्नमा लागिरहेको छ ।
लामिछाने र कंडेल जस्ता संचारकर्मी तथा तिनका संचार माध्यम जसले यति ठूलो छाप जनतामा छोड्यो र जनता पनि स्वाभाविक रुपमा तिनको समर्थनमा उर्लेर जसरी आए यो नेपालको संचार इतिहासमा यो अबिश्मरणीय बनेको छ ।
प्राकृतिक न्यायको सिद्धान्त, सामाजिक ब्यबहारको परिवेश र कानूनी आधारमा टेकेर कौशलपूर्ण न्यायको टिका लगाई दिनुपर्ने नजिरको जिम्मा अब सम्मानित अदालतमा छ ।आशा छ, रवि लामिछाने सहित युबराज कंडेल र अस्मिताले पाउने न्यायवाट भोलि सम्मका पुस्ताले नेपालको न्याय संहितालाई उदाहरणीय रुपमा लिन सक्नेछन र त्यो पनि अबिस्मरणीय बनेर राज्य न्यायको पथवाट पनि विचलित नभएको सबैले छाल पाउने छन् ।