सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

शेयर बजार

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

Published on 2019-08-07     0 Comments

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

 

काठमाडौँ, साउन २२ ।

धितोपत्र बजारमा केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । आज कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक १.३२, जलविद्युत् २०.९५ अङ्कले ओरालो लाग्दा सामूहिक लगानी कोषको शेयर ०.०३ अङ्कले घटेको छ ।

बैंकिङ २.९६, व्यापार ६.९५, होटल १९.४२, वित्त २.०५, निर्जीवन बीमा २२.०३, उत्पादन १०.३९, अन्य २.३२, लघुवित्त २२.५५ र जीवन बीमा उपसमूहको शेयर २६.०३ अङ्कले बढेको छ । स्टकका अनुसार आज कृषि विकास बैंकको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु चार करोड  ४५ लाख ९७ हजार २६१ मा खरिदबिक्री भयो ।

यस्तै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु दुई हरोड ३६ लाख ८१ हजार १४१, नेपाल बैंक लिमिटेड रु एक करोड ९६ लाख १५ हजार ६४७, प्रभु बैंकको रु एक करोड ६७ लाख २२ हजार १७४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ५४ लाख १४ हजार ६७१, स्ट्यार्डड चार्टर बैंकको रु एक करोड २८ लाख ६८ हजार ७४६ र शिवम् सिमेन्ट्सको शेयर रु एक करोड छ लाख ३३ हजार २५६ को कारोवार भयो ।

परिसूचक बढेपनि सान्जेन जलविद्युत् कम्पनीका शेयरधनीले ९.९६ प्रतिशतले गुमाए । त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनी ९.८८, एनआइविएल प्रगति फण्ड ३.८२, अपी पावर कम्पनी ३.६७, नविल इक्विटी फण्ड २.८७ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले २.२३ प्रतिशतले गुमाए । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेृयरधनीले १० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९.८८, स्पर्श लघुवित्त वित्तीय संस्था ८.१५, स्वाभिमान लघुवित्त वित्तीय संस्था ७.४८, साल्ट टे«डिङ कर्पोरेशन ६.९० र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६.७१ प्रतिशतले कमाए ।रासस

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

शेयर बजार
View all

  • नेप्से दोहोरो अङ्कले बढ्यो
  • धितोपत्र बजार नेप्से परिसूचक ओरालो
  • सेयर बजार पुनः ओरालो
  • धितोपत्र बजारः झिनो अङ्कको वृद्धि
  • साताको पहिलो दिन नै नेप्से घट्यो
  • झिनो अङ्कले बढ्यो नेप्से
  • आज पनि घट्यो नेप्से
  • नेप्से परिसूचक ओरालो यात्रामा

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.