सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

बजार

जापानी कार निर्माता निसानले १० हजार कामदार हटाउने

Published on 2019-07-24     0 Comments

जापानी कार निर्माता निसानले १० हजार कामदार हटाउने

टोकियो, ८ साउन –
 
जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् ।
 
कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ । निसानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे ।
 
जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ । यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको पनि निक्कीले लेखेको छ ।
 
निसानको पछिल्लो समय फ्रान्सेली साझेदार कार निर्माता कम्पनी रेनल्टसँग पनि विवाद चुलिएको छ । रेनल्टको जापानी कार निर्माता निसानमा करिब ४३ प्रतिशत शेयर लगानी छ ।
 
निसानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिका समेतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ । खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन् ।एएफपी

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

बजार
View all

  • सुनको मूल्यमा सामान्य वृद्धि
  • गैँडाछाप सिमेन्टको मूल्य घट्यो
  • फेरि उकालो लाग्न थाल्यो सुन
  • च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार
  • तिहारको मौकामा व्यापारीद्वारा मनोमानी, खाद्य पसलमा मदिरा बिक्री
  • फूलमा आत्मनिर्भर बन्दै ः यस वर्ष आयातीत फूलमा कमी
  • सहकारीले बेचे रु दुई करोडका खसीबोका
  • अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.