भारतका "र" प्रमुखको तीन दिने नेपाल बसाइ र भेटघाटको पुष्टिबिहिन समाचार
Published on 2019-07-23
0 Comments
काठमाडौँ, साउन ७
भारतको रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहेको समाचारले शक्ति केन्द्र देखि बिदेशी कूटनीतिक क्षेत्रमा समेत अनेक कौतुहलता जन्माएको छ ।
साउन पाँच गते शनिबार साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ‘रअ’का प्रमुख गोयलले सोही राति करीव ९:३० बजेदेखि ३ घण्टासम्म प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेको कुरा प्रकाशमा ल्याइयो तर यो कुरालाई कुनै औपचारिक जानकारीमा ल्याइएन । यदि प्रम संग नभेटीएको भए त्यसको खण्डन पनि गरिएन । रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो साउन ५ गते नेपाल आउने बित्तिकै देखि र साउन सात गते सोमबार बिहान देखि दिनभर उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहेको समाचार सनसनीपूर्ण रुपमा केही ठुला आकारका समाचारपत्रहरुमा र विभिन्न अनलाइनहरुमा प्रचारित भयो ।
समाचार अनुसार "रअ" को टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता गर्यो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति नै भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार विहान भेटवार्ता गरेको कूरा बाहिर निस्क्यो ।
भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुग्नुभएको र आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुगेका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिनु भएको तथा प्रचण्डलाई भेट्न रअका अधिकारीहरु प्रचण्ड निवास खुमलटार पुगेका
दूतावास स्रोतका हवाला दिदै समाचार प्रकाशमा आएका छन् । देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा। अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी हुनुभएको जनाइएको छ । रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको समाचारमा उल्लेख गरियो । त्यसको पनि कुनै औपचारिक पुष्टी भएन ।
बौद्धस्थित हायात होटलमा बसेको रअ प्रमुख गोयल सहितको टोली देउवासँगको भेटवार्ता अघि राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका पदाधिकारी हायल होटल पुगेर रअ अधिकारीसँग सामुहिक भेटघाट गरेको कूरा पनि प्रकाशमा आएको छ । सोमबार विहान खुमलटार पुगेको रअ टोलीले नेकपा अध्यक्ष प्रचण्ड निवासमा साढे दुई घन्टा भन्दा बढी समय विताएको कुरा सार्वजनिक भयो ।सामाचारमा शनिबार साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ‘रअ’का प्रमुख गोयलले सोही राति करीव ९:३० बजेदेखि ३ घण्टासम्म प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेको उच्च स्रोतले जनाएको छ । भेटमा भएको कुराकानीको औपचारिक जानकारीबारे केही भनिएको छैन ।समाचारपत्र दैनिकले छापेको यो समाचारको सत्यता वा असत्यतावारे पनि कुनै आधिकारिक खुलाशा छैन ।
आखिर किन गूपचूप ?
कुनै बिदेशी अधिकारीवाट परराष्ट्र मन्त्रालयको सम्पर्क, अनुमती र योजना बिना यसरी आफूखुसी भेटघाट कसरी सम्भब भयो होला, पत्याउन गाहारो छ। सम्बद्ध सरोकार्वालाहरुसंग बुझन् जाँदा तिनले पटक्कै जवाफ दिन नचाहेको पाइयो । यस बिषयमा कतिपय परराष्ट्रविद्हरु र स्वयम् परराष्ट्र मन्त्रालयपनि टिप्पणी र जानकारी दिन वाट धेरै पर सरे ।यति ठूलो संबेदनशील कुरा सार्वजनिक चासोको बिषय बनिरहेको छ, तर अधिकारीहरू चूप छन् ।आखिर किन ? रहस्य के हो ? नेताहरु भनिरहनु भएको छ - नेपाली राजनीतिमा बिदेशी चासो बढिरहेको छ, नेकपा एकता भाड्न पनि देशी बिदेशी शक्ति लागि परेको छ रे , इन्डो प्यासिफिक र चीनको बि आर आइ पनि नेपाली परराष्ट्र मन्त्रालयलाई सकसको बिषय भएको छ रे !
आदि इत्यादि यस्ता विभिन्न बिषयहरु चर्चामा आइरहदा परराष्ट्र प्रवक्ता पर्दा पछाडी नदेखिने गरि कतै कुनामा गएर शान्तपुर्वक किन बसिरहनुभएको होला ? यसरी बस्न परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले किन दिइ रहनुभएको होला ? त्यसमा पनि "र" का प्रमुख जस्ता महत्वपूर्ण बिदेशी अधिकारी नेपाल आएर गर्नुभएको गतिबिधि कसरी गूप्चूप राख्न मिल्छ ? के नेपाली पारदर्शिता र शुसासनको नमूना यही हो ? प्रश्न जबर्जस्त रुपमा उठिरहेको छ - फेरी पनि जवाफ दिने जिम्मेवारी कसले लिने ?
"र" को पृष्ठभूमी
परराष्ट्र क्षेत्रका समेत सूचनाहरु संग्रह गर्ने उद्देश्यले सन् १९६८मा गठित भारतीय गुप्तचरी संस्था अनुसन्धान र विश्लेषण इकाइको स्थापनाका एक दशक भित्रका गतिविधिले छुट्टै देशका रुपमा बंगलादेशको जन्म र सिक्किमको बिलय महत्वपूर्ण भूमिका निर्बाह गरेको मानिन्छ । भारतको राज्य शक्ति प्रबर्द्धन गर्ने उद्देश्य हासिल गर्न " र " लाइ प्रभाबकारी संस्थाका रुपमा उपयोग गरिन्छ ।भारतको बैदेशिक मामलाको रणनीति तय गर्न, भारतको शक्ति र हितलाई अन्तरराष्ट्रिय क्षेत्रमा बिस्तार गर्न र आतंकवादको प्रतिकार गर्न यो संस्थाले भारत सरकारका नेतृत्व र नीति निर्माता समक्ष योजना, रणनीति र सूचनाहरु सुझाब गर्दछ ।यसका प्रमुख सोझै प्रधानमन्त्रीवाट परिचालित हुन्छन र भारतीय मन्त्रिपरिषद्को सचिवालय समक्ष जिम्मेवार हुन्छन र सो सचिवालयले प्रमुखको रिपोर्ट सोझै प्रधानमन्त्री समक्ष पेश गर्दछ ।
भारतले सन् १९४७ मा स्वतन्त्रता हासिल गरेपछि आफ्नो स्वाधिनता र अखंड़ताको सुरक्षा गर्ने र फेरी त्यसमा आंच आउन नसकोस भनेर आफ्नो राष्ट्रिय शक्तिको प्रभुत्वलाई दरिलो बनाउन र बिस्तार गर्न छिमेकी, समानान्तर शक्ति, महाशक्ति र अन्तर्राष्ट्रिय विश्व संस्था सामू विभिन्न रणनीति अपनाउंदै अघि बढ्न थाल्यो । यसै शिलशिलामा गुप्तचरी सूचनाको प्राबिधिक बिकास र बिस्तारमा बिशेष जोड दिन थालिएको हो ।खासगरि सन् १९६२ मा चीनसंगको युद्धमा विफल भएपछि जवाहरलाल नेहरुले विदेश मामलामा केन्द्रित छुट्टै गुप्तचरी संस्था स्थापनाका लागि निर्देशन दिनुभएको थियो ।
त्यसपछि सन् १९६५ मा भारत पाकिस्तान युद्ध भयो सान १९६६ मा यसवारे बिशेष रणनीति अपनाउन तत्कालीन भारतीय सेनाको नेतृत्वले विदेश मामिला सम्बन्धि सुचना संग्रह गर्न ठोस संरचनाको गुप्तचरी संस्था स्थापनाका लागि फेरी सुझाव दियो । त्यसै अनुरुप सन् १९६६ को अन्तताका बैदेशिक गुप्तचरी संस्थाले ठोस रुप लियो ।राजनीतिक, सामरिक र सीमापार गतिबिधिको निगरानी गर्ने जस्ता नयाँ जिम्मेवारी सहित बैदेशिक सूचना गुप्तचरी गर्न शुरु भयो ।
" र " र छिमेकी देशसंग चासोको बिषय
सोही अनुरुप समय सापेक्ष गतिबिधि र सन्दर्भहरुलाई अनुगमन गर्दै यो संस्थाले ५० बर्षको अनुभब संगालेको छ । छिमेकी देशमाथि अनुगमन गर्दा खास गरि पाकिस्तान र नेपाल अनि श्रीलंका र बंगलादेश भारतको बिशेष रुचिमा पर्नु स्वाभाविकै हो ।त्यसमा पनि पाकिस्तान र चीनबिचको गहिरो राजनीतिक आर्थिक र सामरिक सम्बन्ध, अफगानिस्तान लगायतका अरवी तथा इस्लामी देशहरुसंगको गतिबिधि र पाकिस्तान र अमेरिका बिचको मौसमी घनिष्ठता पनि "र" का लागि राम्रै गृह कार्यक्को बिषय बन्दै आएको छ ।
जहाँ सम्म काठमाडौँमा "र"को कसरतको कुरा छ, नेपाल चीन सम्बन्धको गहिराइ, सीमावर्ती गतिबिधि, नेपालको प्राकृतिक स्रोत माथिको आकर्षण र उपयोगिता, सरकारी तथा दलहरुका राजनीतिक प्रवृत्तिहरु र नयाँ दिल्लीको ७० बर्ष भन्दा पुरानो नेपालमाथिको सुरक्षा अवधारणा ' र " का लागि संधै चासोको बिषय हुने गरेको छ ।त्यसै अनुसार लाजिम्पाटको भारतीय दूताबासलाई पनि राम्रैसंग शक्तिशाली बनाइएको छ ।