सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

अर्थ

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली आजदेखि लागू

Published on 2019-07-17     0 Comments

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली आजदेखि लागू

काठमाडौँ, साउन १ ।

‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ आजदेखि लागू भएको छ । राजश्व अनुसन्धान विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले एक कार्यक्रममा भिसिटिएसको शुभारम्भ गर्नुभयो । भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार–प्रसार गर्नुपर्ने व्यवस्था हो ।
 
व्यावसायिक प्रयोजनका मालवस्तु आयात÷निर्यातकर्ता, उद्योग, भन्सार एजेण्ट, ढुवानी कम्पनी र वितरक तथा थोक बिक्रेताले थोक स्तरमा बिक्री गर्दा यस प्रणालीमा प्रवेश गरेर ढुवानी गर्नुपर्छ । राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को व्यवस्थाअनुसार गत असार २३ गते राजपत्रमा प्रकाशित गरी साउन १ गतेदेखि यो प्रणाली लागू गरिएको हो । यो प्रणाली प्रविष्ट गर्दा प्रयोगकर्ताले आफँैले युजर आइडी र पासवर्ड बनाउन सक्छन् ।
 
विभागको वेबसाइटमा लगइन गरी प्राप्त निर्देशानुसार मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरिन्छ । मालसामान गन्तव्यमा पुगेपछि चालक र प्रयोगकर्ताले पुगेको जनाउ दिन सक्छन् ।
भिसिटिएसको शुभारम्भ गर्दै अर्थमन्त्री डा खतिवडाले भिसिटिएस व्यवसायलाई औपचारिक, वैध र पारदर्शी बनाउने कडी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भिसिटिएस विधिमा आउने व्यावहारिक कठिनाइ हामी पनि बुझ्छौँ, अपारदर्शी अनौपचारिक व्यवसायबाट हामी पारदर्शी व्यवसायतर्फ रुपान्तरित हुने क्रममा छौँ । यो क्रममा हामी प्रविधिको प्रयोगले व्यवसायीसँग ‘फेसलेस’ विधिबाट ‘इन्टरफेस’ गर्न खोजिरहेका छौँ ।”
 
उहाँले अनुहार हेरेर काम गर्दा मोलाहिजा हुने डर र अनुहारका प्रतिक्रियाले कहिलेकाहीँ अस्वाभाविक अपेक्षा पनि गर्ने अवस्था तथा प्रतिक्रिया पनि उत्पन्न हुने भएको उल्लेख गर्नुभयो । अर्थमन्त्रीले भिसिटिएसले व्यवसाय तटस्थ हुने र स्वविवेकीय अधिकारलाई स्वतः कम गर्नाका साथै औपचारिक अर्थतन्त्रको निर्माण गर्नेतर्फ थप सहयोग पु¥याउने विश्वास व्यक्त गनुभयो ।
 
उहाँले भन्नुभयो, “भिसिटिएस लागू गर्ने क्रममा क्षमता विकास गर्दै जाने हो, सिक्दै जाने हो, प्रविधिबाट भाग्न पाइँदैन ।” मुलुकको आधा अर्थतन्त्र अनौपचारिक भएको अवस्थामा वैध र अवैध कारोवार गर्नेलाई एकै डालोमा हालेर हेर्न थालियो भने मुलुकमा सुशासन कायम गर्न नसकिने उहाँको धारणा थियो । 
 
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्ण्ुाप्रसाद लम्सालले भिसिटिएसको प्रक्रियाका बारेमा बताउँदै यो लागू गर्न सहज भएको र यसले आर्थिक सुशासन कायम गर्न मद्दत गर्नाका साथै व्यवसायीको पनि समय र लागत बचत हुने बताउनुभयो ।
 
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले भिसिटिएस लागू भएपछि सरकारी निकायबाट हुने अनावश्यक झञ्झटहरुको आगामी दिनमा अन्त्य हुने अपेक्षा गर्दै यस प्रणालीका बारेमा स्थानीयस्तरसम्म स्पष्ट जानकारीका लागि सचेतना कार्यक्रम गर्न आवश्यक रहेकामा जोड दिनुभयो । 
 
नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिश मोर र चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले भिसिटिएस लागू भएपछि राजमार्गमा रहेका ढाट हट्नु खुशीको कुरा भए पनि स्थानीयस्तरमा भरिया, ठेलागाडा, ट्र्याक्टरबाट हुने ढुवानीमा कठिनाइ उत्पन्न हुनेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । साथै उहाँहरुले भिसिटिएस लागू गर्दा केही समय परीक्षणको अवधि तोक्दा सहज हुने सुझाव दिनुभयो ।
 
विभागका महानिर्देशक दीर्घराज मैनालीले भिसिटिएसको प्रक्रियाका बारेमा अवगत गराउँदै यो सरकार र व्यवसायी दुवैका हितमा रहेको दाबी गर्नुभयो । रासस
 

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

अर्थ
View all

  • सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण
  • बेलायती टूर कम्पनी थोमस कूक टाट पल्टियो, कारोबार बन्द
  • कृषि परियोजनाको बजेट ११ करोड
  • सोमबार १० अर्बको टे«जरी बिल बिक्री गरिँदै
  • दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने
  • महालक्ष्मी नपाको लक्ष्य अनुसार राजश्व सङ्कलन भएन
  • मौद्रिक नीति कार्यान्वयन : पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य/ सिइओलाई ६५ वर्ष उमेर हद
  • कर भनेको करै हो, करैले पनि तिर्नेपर्छ : अर्थमन्त्री डा खतिवडा

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.