सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाचार

लगातारको वर्षाले नेपालगञ्ज डुबानमा

Published on 2019-07-12     0 Comments

लगातारको वर्षाले नेपालगञ्ज डुबानमा

नेपालगञ्ज, असार २७ ।

लगातारको वर्षाको कारण पानीको निकास हुन नसक्दा नेपालगञ्ज डुबानमा परेको छ । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । बागेश्वरी मन्दिर भएर बग्ने नाला तथा सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य नाला थुनिँदा जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ ।
 
ठेकेदारले अधुरै छाडेपछि नालामा घाँस उम्रिएर निकास थुनिएको बताईएको छ । पानी जम्मा भएपछि बस्ती पूरै डुबानमा परेको छ । उक्त ढल उपमहानगरपालिकाले एकीकृत शहरी विकास आयोजनामार्फत एशियाली विकास बंैकको ऋण अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको हो । सडकमा हिँड्डुल गर्न समस्या भएको छ ।
 
त्यस्तै वर्षापछि आएको बाढीका कारण बर्दियाको सत्तिघाट पुल जोखिममा परेको  छ । बर्दियाको राजापुर र कैलालीलाई जोड्ने सत्तिघाटस्थित कर्णाली नदीमा निर्मित पुल जोखिममा परेको हो । पुलको राजापुरतर्फको भागमा प्वाल परेको छ । तटबन्ध बर्सेनी भासिँदै गएको छ ।
 
कणाली नदी धार परिवर्तन गरी पुलको किनाराबाट बग्न थालेको छ । पुल निर्माण गरिएको एक वर्षपछि तटबन्ध भत्किन थालेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारूले बताउनुभयो । नदीमा पानीको सतह बढेसँगै तारजाली भासिँदै गएको छ । –

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाचार
View all

  • विद्युत् कटौतीको समस्या हट्यो
  • नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ
  • नेकपाको दाङमा ९६ वडामा एकता
  • गर्भवतीको हेलिकोप्टरबाट उद्धार
  • संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल
  • न्यायिक समितिका पदाधिकारीलाई तालीम
  • विद्यालयमा चित्रकला कार्यशाला
  • चालकको मृत्यु

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.