सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

मनोरञ्जन

‘राष्ट्रिय चलचित्र पुरस्कार’ असार २७ मा

Published on 2019-07-08     0 Comments

‘राष्ट्रिय चलचित्र पुरस्कार’ असार २७ मा
काठमाडौँ, २३ असार 

चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असार २७ गते ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ समारोह आयोजना गर्ने भएको छ । दुई वर्षपछि हुन लागेको उक्त कार्यक्रम यसपटक राष्ट्रपति भवन शितल निवासमा गरिने भएको छ । पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो । यसपटक ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट ३१ जना तथा ‘दीर्घसाधना सम्मान’बाट तीन जनालाई पुरस्कृत गरिने छ । राष्ट्रिय चलचित्र पुरस्कारतर्फ हरेक विधाको पुरस्कार राशि रु २५ हजार तथा दीर्घसाधना सम्मानको पुरस्कार राशि रु तीन लाख ५१ हजार रहेको अध्यक्ष भट्टराईले बताउनुभयो । आगामी वर्षदेखि सो पुरस्कारको राशि जनही रु ५१ हजार पु¥याइने बोर्डद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उक्त कार्यक्रम विविध कारणले २०७४ र २०७५ सालमा हुन सकेको थिएन । यसपटक समारोहमा २०७३, २०७४ र २०७५ को राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधनासम्मान प्रदान गरिने बताइएको छ । नृत्य निर्देशक वसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले नृत्य प्रशिक्षण दिइरहनुभएको छ भने उक्त समारोहमा कलाकार सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिलीप रायमाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेतीलगायतले नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तै केदार घिमिरे, पुष्प खड्का, नीता ढुङ्गाना, पवित्रा आचार्य, बिमला केसी, छुल्ठिम गुरुङलगायत कलाकारको समेत सो समारोहमा प्रस्तुति रहने बोर्डले जनाएको छ ।(रासस)

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

मनोरञ्जन
View all

  • नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही
  • दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध
  • किन आइन् सन्नी काठमाडाैँ?
  • अभिनेत्री पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश
  • आठ मिनेटको फाइट सिन, ७० करोड खर्च
  • चलचित्र निर्माता ओझा र नायिका पोखरेलबीच सहमति
  • ‘राष्ट्रिय चलचित्र पुरस्कार’ असार २७ मा
  • आईफा अवार्ड नेपालमा नगर्ने सरकारको निर्णय

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.