सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

राजनीति

प्रदेश न. ५ मा प्रतिपक्ष गैरजिम्मेवार बनेको सत्तापक्षको आरोप

Published on 2019-02-07     0 Comments

प्रदेश न. ५ मा प्रतिपक्ष गैरजिम्मेवार बनेको सत्तापक्षको आरोप
 
रुपन्देही, २४ माघ ।
 
कार्यसूचीमै नभएको विषयमा काङ्ग्रेसले प्रदेश न। ५ प्रदेशसभाको बैठक अवरुद्ध गरेको भन्दै सत्तापक्षका सदस्यहरुले विरोध गरेका छन् । यसअघि मङ्गलबार बसेको बैठक काङ्ग्रेसका प्रदेशसभा सदस्यहरुको अवरोधका कारण स्थगन भएपछि प्रदेशसभाको आजको बैठकमा यो विषयले प्रवेश पाएको हो ।
 
बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले प्रतिपक्ष गैरजिम्मेवार बनेको आरोप लगाउनुभयो । “प्रतिपक्ष गैरजिम्मेवार बन्यो, सदनमा के बोल्ने के नबोल्ने भन्ने विषयमा हेक्का हुनुपर्छ”, उहाँले भन्नुभयो, “सदन र सभामुखको गरिमालाई बचाऊँ । ”
 
सदस्य खरेलले सदनमै अमर्यादित भाषा प्रयोग गरेर नाराबाजी गरेर काङ्ग्रेसले सभाको मर्यादामा आँच आउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेशभित्रका विषय मात्रै सदनमा उठाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “कहिले डा गोविन्द केसीका नाममा कहिले कार्यसूचीमै नभएको विषयमा सदन अवरुद्ध हुनु राम्रो होइन ।”
 
यसअघि मङ्गलबार बसेको बैठक कार्यसूचीमै नभएको विषयलाई लिएर प्रतिपक्षी दलका सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । प्रदेश राजधानीको टुङ्गो लगाउन बनेको विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्लाबाट सदस्य थप गर्ने चलखेल भएको भन्दै प्रतिपक्षी दल काङ्ग्रेसका सदस्यहरुले बैठकमा विरोध गरेका थिए ।
 
बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सहमतिमा अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “बहुमतमा सरकार बनाउने हो, सहमतिमा सरकार चलाउनुपर्छ ।”
 
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जवाफ
 
बैठकमा प्रदेश न। ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी प्रदेशको शान्तिसुरक्षा मजबुद रहेको बताउनुभयो । शान्तिसुरक्षासम्बन्धी विषय प्रदेशसभाका सदस्यहरुले बैठकमा उठाएपछि जवाफ दिँदै उहाँले प्रदेशको सुरक्षामा सरकार गम्भीर रहेको धारणा राख्नुभयो ।
बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा छलफलका लागि पेश गर्नुभयो ।

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

राजनीति
View all

  • पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल
  • ‘नेपाल हिन्दु, बौद्ध र किरातको उद्गम स्थल’
  • पार्टी एकता कसैले भनेर फुट्नेवाला छैन : प्रधानमन्त्री ओली
  • प्रत्यक्ष र समानुपातिक सांसदबीच भेदभावको गुनासो
  • प्रजातन्त्रमा जनता सर्वोच्च
  • चैत मसान्तभित्र स्ववियु निर्वाचन : मन्त्री पोखरेल
  • सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश, काङ्ग्रेस निरपेक्ष विरोधवादको शिकार
  • सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको : सभापति देउवा

लोकप्रिय

  • समायोजन सकिएलगतै कर्मचारीको नयाँ भर्ना शुरु
  • १२ हजार शाखा अधिकृतको समायोजन
  • तीनै तहमा २३ हजार कर्मचारीको समायोजन
  • न्यायाधीश दीपकराज जोशीले राजिनामा दिनुभयो, राष्ट्रपतिद्वारा स्वीकृत
  • कर्मचारी समायोजन विधेयक राष्ट्रियसभा बाट पनि पारित
  • सोमबारदेखि फेरी वर्षा र हिमपात हुने
  • संसदमा पनि ‘लुट्न सके लुट कान्छा…’ गीत बारे बहस
  • सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

मुख्य समाचार

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

आत्मनिर्भर महिलाहरु - तस्बिर / संस्कृति आचार्य

विस्तृतमा

रामपुरमा रामजानकी मन्दिर निर्माण हुँदै । पाल्पाको रामपुर नगरपालिकामा जनकपुरको झल्को दिने खालको रु दश करोडको लागतमा रामजानकी मन्दिर हुँदै । तस्बीर ः सुशीला रेग्मी, बेझाड (पाल्पा) रासस

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.