सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

वातावरण

सन् २०१८ मा पनि विश्वको औषत तापक्रम उच्च ः राष्ट्रसङ्घ

Published on 2018-11-30     0 Comments

सन् २०१८ मा पनि विश्वको औषत तापक्रम उच्च ः राष्ट्रसङ्घ

जेनेभा, स्वीट्जरल्याण्ड, १३ मङ्सिर

अहिलेसम्मको रेकर्डअनुसार सन् २०१८ मा विश्वको तापक्रम चौथो उच्च रहने देखिएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । राष्ट्रसङ्घले यो बर्षको तापक्रमसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै पृथ्वीको बढ्दो तापक्रम नियन्त्रणका लागि आवश्यक ध्यानाकर्षण गर्न बिहीबार उक्त तथ्याङ्क सार्वजनिक भएको जनाएको छ । 

 

पोल्याण्डमा हुन लागेको कोप २४ जलवायु शिखर सम्मेलन हुन केही दिन बाँकी रहेका समय सार्वजनिक प्रतिवेदनमा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय मौसमविज्ञानसम्वन्धी निकायले विगत २२ बर्षमा २० बर्ष धेरै तापक्रम वृद्धि भएका बर्षका रूपमा उल्लेख गरेको छ भने सन् २०१८ लाई तापमान रेकर्डका हिसाबले चौथो उच्च तापमान वृद्धि भएको बर्षका रूपमा देखाइएको छ । 
 

राष्ट्रसंघीय उक्त निकायले भनेको छ, “यसको अर्थ विगत चार बर्ष अर्थात् सन् २०१५, सन् २०१६,सन् २०१७ र सन् २०१८ लाई तापक्रम वृद्धिको श्रृङ्खलाको निरन्तरताका रूपमा देखिएको छ ।” 
“तापक्रम वृद्धि हुने प्रवृत्तिमा निरन्तर र प्रष्ट देखिएको छ,” राष्ट्रसङ्घ मौसमविज्ञान मामिला संगठनका प्रमुख पेटरी तालसले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । 

 

प्रतिवेदनमा बर्षको पहिलो १० महिनामा विश्वको औषत तापक्रम झण्डै एक डिग्री सेल्सियस कायम भएको पाइएको र यो औद्योगिक यूग पूर्व (सन् १८५०–सन् १९००)बीचको तापक्रम वृद्धिदरभन्दा बढी हो । 
“जलवायु परिवर्तनका विषयमा पूर्ण जानकारी राख्ने पहिले पुस्ता र यसलाई नियन्त्रण गर्न केही गर्नसक्ने अन्तिम पुस्ताका रूपमा हामीले तापक्रम नियन्त्रण प्रयासलाई अघि बढाउनु परेको छ,” तालसले भन्नुभयो । 
तालसले भन्नुभयो, “वायुमण्डलमा ग्रीनहाउस ग्यासको तह बढ्नुलाई जलवायु परिवर्तन र यसका कारण हुने उच्च तापक्रम वृद्धिको मुख्य कारकका रूपमा लिने गरिन्छ । यही अवस्थामा जलवायु परिवर्तनको प्रभाब रहेमा शताब्दीको अन्त्यसम्ममा तीनदेखि पाँच डिग्री सेल्सियस तापक्रम बढ्ने सम्भावना रहनेछ ।” 

 

हामीले यस ग्रहमा रहेका सबै जैविक इन्धनलाई नास गर्दैगयौँ भने तापक्रम वृद्धिमा तुलनात्मक उच्च प्रभाब पर्नेछ । 
विश्वका करिब २०० राष्ट्रका प्रतिनिधि भेला हुने जलबायुबारे पोल्याण्ड सम्मेलनले सन् २०१५ मा भएको जलबायुबारे पेरिस सम्झौताले लिएको विश्व तापक्रम नियन्त्रणको लक्ष्यलाई बल पु¥याउने विश्वास गरिएको छ । 
 (रासस÷एएफपी) 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

वातावरण
View all

  • देशभर आंशिक बदली हुनाका साथै छिटफुट वर्षाको सम्भावना
  • सोमबारदेखि फेरी वर्षा र हिमपात हुने
  • वनभोज मनाउन आएका ६ जना विद्यार्थी चट्याङले घाइते
  • मौसममा बदलाब , छिटफुट वर्षा
  • कञ्चनपुरमा चट्याङ लागेर आमाछोरा घाइते
  • आज देखि फेरी मौसममा बदलाव, आइतबारदेखि मात्रै मौसम सफा हुने
  • अर्गानिक खेतीको बढ्दो आकर्षण: कति स्वाभाविक कति अस्वाभाविक ?
  • मासिँदै कैलालीको वन क्षेत्र :अहिलेसम्म १३ हजार ३४८ रुख काटिए

लोकप्रिय

  • समायोजन सकिएलगतै कर्मचारीको नयाँ भर्ना शुरु
  • १२ हजार शाखा अधिकृतको समायोजन
  • तीनै तहमा २३ हजार कर्मचारीको समायोजन
  • न्यायाधीश दीपकराज जोशीले राजिनामा दिनुभयो, राष्ट्रपतिद्वारा स्वीकृत
  • कर्मचारी समायोजन विधेयक राष्ट्रियसभा बाट पनि पारित
  • सोमबारदेखि फेरी वर्षा र हिमपात हुने
  • संसदमा पनि ‘लुट्न सके लुट कान्छा…’ गीत बारे बहस
  • सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

मुख्य समाचार

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

आत्मनिर्भर महिलाहरु - तस्बिर / संस्कृति आचार्य

विस्तृतमा

रामपुरमा रामजानकी मन्दिर निर्माण हुँदै । पाल्पाको रामपुर नगरपालिकामा जनकपुरको झल्को दिने खालको रु दश करोडको लागतमा रामजानकी मन्दिर हुँदै । तस्बीर ः सुशीला रेग्मी, बेझाड (पाल्पा) रासस

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.