सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

सूचना-प्रबिधि

नासाको यान मङ्गलग्रह नजिक, वैज्ञानिकहरु उत्सुक

Published on 2018-11-26     0 Comments

नासाको यान मङ्गलग्रह नजिक, वैज्ञानिकहरु उत्सुक
लस एन्जलस, १० मङ्सिर । नासाका वरिष्ट वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो । 
 
मानवरहीत यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो । पृथ्वीको सबैभन्दा नजिकको यो ग्रहमा पदार्पण गर्ने नासाको यो पहिलो प्रयत्न सफल हुनेमा उनीहरु आशावादी छन् । सन् २०१२ मा क्युरिओसिटी रोभर बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको हो । 
 
यसअघि मङ्गलग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्न समेत असफल भएका थिए । नासाले तयार गरेको नयाँ रोभरले मात्र पछिल्लो सफलता हासिल गर्न लागेको हो । यो अभियानले सन् २०३० को दशकमा मानवलाई मङ्गलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकहरुको अपेक्षा छ । नासाका एकजना प्रबन्धक थोमस जुर्बुचेनले आफूहरुले मङ्गलग्रहको यात्रालाई सामान्य रुपमा कहिल्यै नलिएको बताउँदै यो साँच्चिकै कठिन यात्रा हो भन्नुभयो । 
 
मङ्गलग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समय अनुसार बिहान ११ बजेर ४७ मिनेटमा शुरु हुनेछ । यसको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन लबोरटरीबाट हुनेछ । 
 
बन्दुकको गोलीभन्दा तिब्र गति अर्थात् १९ हजार ८०० किलोमिटर प्रतिघण्टाको बेगमा रहने यो यानलाई मङ्गलग्रहको वातावरण छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरुको अनुमान छ । वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५०० डिग्री सेल्सियस पुग्नेछ, र रेडियो सङ्केत समेत केही समय अबरुद्ध हुनेछ । 
 
मङ्गलग्रहमा यान अवतरण गर्नासाथ बाहिरी तापमान अबरोधक हट्नेछ, यानको तीनवटा खुट्टा देखिनेछ र प्यारासुट निस्कन्छ । भुईंतिर तिब्र गतिमा रहने यो यान जमिनको सतहमा पुग्ने बेलामा गति नियन्त्रणमा आउनेछ । करिब ३६५ किलोग्रामको यो यानको गति जमिन सतहमा पुग्दा ८ किलोमिटर प्रतिघण्टामा हुनेछ । रासस/एएफपी

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

सूचना-प्रबिधि
View all

  • “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५" सर्वसम्मतिले स्वीकृत
  • सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन
  • ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा गुगलको स्पस्टिकरण
  • बङ्लादेशमा २० हजार वेबसाइट बन्द
  • अस्ट्रेलियामा राजनीतिक दल र संसदको कम्प्युटर ह्याक, शंकामा चीन र रुस
  • व्याट्री पड्किँदा दुवै आँखा बन्द
  • बाँकेको २०० बढी स्थानमा अनुमतिबिना सिसी क्यामरा
  • भूमिको कारोवार ६५ प्रतिशत अनलाइनमा

लोकप्रिय

  • समायोजन सकिएलगतै कर्मचारीको नयाँ भर्ना शुरु
  • १२ हजार शाखा अधिकृतको समायोजन
  • तीनै तहमा २३ हजार कर्मचारीको समायोजन
  • न्यायाधीश दीपकराज जोशीले राजिनामा दिनुभयो, राष्ट्रपतिद्वारा स्वीकृत
  • कर्मचारी समायोजन विधेयक राष्ट्रियसभा बाट पनि पारित
  • सोमबारदेखि फेरी वर्षा र हिमपात हुने
  • संसदमा पनि ‘लुट्न सके लुट कान्छा…’ गीत बारे बहस
  • सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

मुख्य समाचार

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

आत्मनिर्भर महिलाहरु - तस्बिर / संस्कृति आचार्य

विस्तृतमा

रामपुरमा रामजानकी मन्दिर निर्माण हुँदै । पाल्पाको रामपुर नगरपालिकामा जनकपुरको झल्को दिने खालको रु दश करोडको लागतमा रामजानकी मन्दिर हुँदै । तस्बीर ः सुशीला रेग्मी, बेझाड (पाल्पा) रासस

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.