सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाचार

जयनगर–जनकपुर रेल डेढ महिनाभित्र सञ्चालन हुने

Published on 2018-11-18     0 Comments

जयनगर–जनकपुर रेल डेढ महिनाभित्र सञ्चालन हुने

काठमाडौँ, मङ्सिर २ गते ।

डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम (पुस १६) सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिनुभयो । तत्काल जम्मा ३४ किलोमिटर दूरीको रेल सेवा पुनः सञ्चालनमा ल्याउन भौतिक निर्माणका काम सम्पन्न भइसकेको जानकारी समेत उहाँले दिनुभयो ।
‘ट्रेन सेट’ खरिद गरेर जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिकता हो तर सन् २०१८ भित्र नै रेल सेवा सञ्चालनमा ल्याउनुपर्ने समयसीमा भएकाले ‘ट्रेन सेट’ नै ‘वेट लिज’ मा लिएर सञ्चालन गर्ने कि भन्नेबारे छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

कुन मुलुकसँग ‘वेट लिज’ मा ‘ट्रेन सेट’ लिने भन्ने अहिलेसम्म तय भइनसकेको जानकारी दिंदै उहाँले ‘वेट लिज’ मा लिएर भए पनि नेपाल सरकारले आफ्नो पूर्ण स्वामित्वमा नै उक्त रेल सेवा सञ्चालन गर्ने स्पष्ट पार्नुभयो । 

‘वेट लिज’ मा लिएर सञ्चालनमा ल्याइने रेलमा नेपाली झण्डा फहराइने बताउँदै उहाँले ‘वेट लिज’ मा लिएर रेल सेवा सञ्चालन गर्ने क्रममा रेल सेवा सम्बन्धी आफ्नै जनशक्ति तयार गर्ने योजना रेल विभागको रहेको जानकारी दिनुभयो । 
यसअघि नै उक्त रेल सेवा सञ्चालनका लागि दुईपटक भार परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भइसकेका छन् । विसं. १९९५ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेल सेवा २०७१ सालदेखि बन्द भएको हो ।


पाँच वर्षअघि साँघुरो लेन (न्यारोगेज) मा स सञ्चालित उक्त रेल सेवा अब फराकिलो लेन (ब्रोडगेज) मा सञ्चालन हुनेछ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल्वे लाइन पुनः निर्माण गरिएको हो । 
तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको क्रममा काँकडभिट्टा ७० किलोमिटर, विराटनगर १९ किलोमिटर, जयनगर–जनकपुर–बर्दिवास ७० किलोमिटर, भैरहवा १५ किलोमिटर, रुपैडिया–नेपालगन्ज १२ किलोमिटर ‘क्रस कन्ट्री लिंक’ रेल्वे सेवा निर्माण गर्न भारतसँग सहमति भएको थियो । प्रस्तावित उक्त ‘क्रस कन्ट्री लिंक’ रेलसेवाको कुल दूरी ११३ किलोमिटर रहेको छ । 
(गोरखापत्र )


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाचार
View all

  • एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला
  • ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता
  • पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा
  • मेलम्चीको पानी छिट्टै ल्याउन दुई वटा विकल्प लिएको : खानेपनिमन्त्री
  • जहाज मर्मतको बोलपत्र नखोल्न निर्देशन
  • ललितपुर दरबार क्षेत्रका लागि अष्ट्रियाद्वारा तत्काल एकलाख २० हजार युरो उपलब्ध गराइने
  • धमाधम थपिँदै सवस्टेशन, चार दिनमा पाँच सवस्टेशन उद्घाटन
  • राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

लोकप्रिय

  • समायोजन सकिएलगतै कर्मचारीको नयाँ भर्ना शुरु
  • १२ हजार शाखा अधिकृतको समायोजन
  • तीनै तहमा २३ हजार कर्मचारीको समायोजन
  • न्यायाधीश दीपकराज जोशीले राजिनामा दिनुभयो, राष्ट्रपतिद्वारा स्वीकृत
  • कर्मचारी समायोजन विधेयक राष्ट्रियसभा बाट पनि पारित
  • सोमबारदेखि फेरी वर्षा र हिमपात हुने
  • संसदमा पनि ‘लुट्न सके लुट कान्छा…’ गीत बारे बहस
  • सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

मुख्य समाचार

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

आत्मनिर्भर महिलाहरु - तस्बिर / संस्कृति आचार्य

विस्तृतमा

रामपुरमा रामजानकी मन्दिर निर्माण हुँदै । पाल्पाको रामपुर नगरपालिकामा जनकपुरको झल्को दिने खालको रु दश करोडको लागतमा रामजानकी मन्दिर हुँदै । तस्बीर ः सुशीला रेग्मी, बेझाड (पाल्पा) रासस

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.