सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

स्वास्थ्य

विलासी जीवनले मधुमेहका रोगी बढ्दै

Published on 2018-11-13     0 Comments

विलासी जीवनले मधुमेहका रोगी बढ्दै
 
चितवन, २७ कात्तिक
असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् । 
 
सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउँदै आएको छ । यस। वर्षको नारा ‘परिवार र मधुमेह’ रहेको छ । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय डा भोजराज अधिकारीका अनुसार मधुमेह बिरामी बर्षेनी थपिँदै गएका छन् । उहाँका अनुसार हाल विश्वमा ४५ करोड मधुमेहका बिरामी रहेको तथ्याङ्क छ । तीमध्ये सात १० प्रतिशत उच्च जोखिमका छन् । 
 
सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी छन् । डा. अधिकारीले भन्नुभयो, “विश्वका मधुमेह रोगीमध्ये २० प्रतिशत भारत र चीनमा छन् ।” यी दुई देशको बीचमा नेपाल छ । एउटै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । 
 
विकासोन्मुख देशहरुका जनता गरीबबाट धनी हुँदै जाँदा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगीहरु ह्वात्तै बढ्ने गरेका छन् । 
विसं २०६७ मा सात जना मधुमेहका बिरामीबाट उपचार शुरु गरेको बताउने डा अधिकारी अहिले सात हजार हाराहारी आफ्नो निगरानीमा रहेको बताउनुहुन्छ । उहाँ जस्ता अरू धेरै चिकित्सकले नेपालमा मधुमेहका बिरामी हेर्दै आएका छन् । नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र सात दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्याङ्क छ । चितवनमा यो १० देखि १२ प्रतिशत रहेको डा. अधिकारीको भनाइ छ । लायन्स इन्टरनेशनलले गरेको एक सर्वेक्षणमा यस्तो देखिएको उहाँले बताउनुभयो । 
 
जिल्लाको सौराहामा गरिएको एक सर्वेक्षणमा २४४ परिवारमध्ये ५० परिवारमा मधुमेह भेटिएको थियो । मधुमेह समाज चितवनका सचिव केशव देवकोटा अनियन्त्रित आहारविहार, असन्तुलित खानपान र विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । मधुमेह रोगीलाई चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा, चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना नखान उहाँको सुझाव छ । 
 
यस्तै चुरोट, बिँडी सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थ तथा बियर, रक्सीजस्ता मदिराजन्य पदार्थ सेवन नगर्ने, लामो समयसम्म भोकै नबस्ने जस्ता क्रियाकलाप गर्न सके मधुमेहबाट बच्न सकिने सचिव देवकोटाले बताउनुभयो । 
 
डा अधिकारीका अनुसार ३० वर्ष मुनिकालाई पहिलो तह र ३० वर्षभन्दा माथिकालाई दोस्रो तहको मधुमेह हुन्छ । पहिलो तह पारिवारिक र वंशाणुगत कारणले हुन्छ भने दोस्रो तह खानपान र जीवनशैलीका कारण हुने गर्दछ । मधुमेहले तत्काल हृदयाघात, मस्तिष्काघात, मिर्गौला खराब, दृष्टि गुम्ने जस्ता समस्या ल्याउन सक्छ । दीर्घकालीन रुपमा पनि यसले बिस्तारै मिर्गौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मस्तिष्काघातसम्म पु¥याउने खतरा रहने उहाँले बताउनुभयो । 
 
मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने चिकित्सक बताउँछन् । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकतानुसार खाने औषधि र कहिलेकाहीँ इन्सुलिनको पनि आवश्यकता पर्ने उहाँ बताउनुहुन्छ । 
 
मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटक पटक पिसाब हुनु, पिसाबको मात्रा धेरै हुनु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, रुचि बढ्नु वा भोक धेरै लाग्नु, बराबर घाउ खटिरा आउनु तर निको हुन समय लाग्नु, शरीर खासगरी गुप्ताङ्क चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झम्झमाउनु मधुमेहको मुख्य लक्षण रहेको डा अधिकारीले बताउनुभयो । बेलैमा नियन्त्रणमा राख्न सकेमा मधुमेहले शरीरका अति महत्वपूर्ण अङ्ग आँखा, मुटु, मिर्गाैला, दिमाग र रगत तथा स्नायुका नसामा असर पु¥याउन नसक्ने चिकित्सकको भनाइ छ । 
 
बीस वर्षदेखि मधुमेहका बिरामी उपचार गर्दै आउनुभएका वरिष्ठ फिजिसियन प्रा डा विजय पौडेल शारीरिक रुपमा सक्रिय रहन, नियमित व्यायाम गर्न, स्वास्थ्यवद्र्धक ग्लुकोज, चिनी नभएका खाना खान, दैनिक ६ पटक थोरै थोरै खाना खान, साँझ ७ बजेपछि खाना नखान सुझाव दिनुहुन्छ । 
 
उचाइअनुसार तौल कायम राख्न, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खान, चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्न उहाँले सल्लाह दिनुभयो । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकताअनुसारको औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिने पनि उहाँको भनाइ छ । – नारायण अधिकारी

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

स्वास्थ्य
View all

  • फ्रान्समा फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु
  • चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत राख्न माग
  • डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, तीन हजार सात सय प्रभावित
  • डा केसीको ९९ प्रतिशत माग पूरा भइसकेको : स्वास्थ्य मन्त्री
  • मिर्गाैला रोगको निःशुल्क उपचार विभिन्न १६ जिल्लामा विस्तार गर्ने
  • घरमै बच्चा जन्माउने महिला ३४ प्रतिशत
  • नेपालमा १० देखि १५ प्रतिशत मुटुरोगी
  • भारतमा स्वाईन फ्ल्यु कारण १७ दिनमा ४० को मृत्यु, एक हजार भन्दा बढी विरामी

लोकप्रिय

  • समायोजन सकिएलगतै कर्मचारीको नयाँ भर्ना शुरु
  • १२ हजार शाखा अधिकृतको समायोजन
  • तीनै तहमा २३ हजार कर्मचारीको समायोजन
  • न्यायाधीश दीपकराज जोशीले राजिनामा दिनुभयो, राष्ट्रपतिद्वारा स्वीकृत
  • कर्मचारी समायोजन विधेयक राष्ट्रियसभा बाट पनि पारित
  • सोमबारदेखि फेरी वर्षा र हिमपात हुने
  • संसदमा पनि ‘लुट्न सके लुट कान्छा…’ गीत बारे बहस
  • सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

मुख्य समाचार

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

आत्मनिर्भर महिलाहरु - तस्बिर / संस्कृति आचार्य

विस्तृतमा

रामपुरमा रामजानकी मन्दिर निर्माण हुँदै । पाल्पाको रामपुर नगरपालिकामा जनकपुरको झल्को दिने खालको रु दश करोडको लागतमा रामजानकी मन्दिर हुँदै । तस्बीर ः सुशीला रेग्मी, बेझाड (पाल्पा) रासस

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.