सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

कर्पोरेट

आठ कम्पनी तीन अर्बको हकप्रद शेयर बेच्दै

Published on 2018-11-13     0 Comments

आठ कम्पनी तीन अर्बको हकप्रद शेयर बेच्दै
काठमाडौँ, २७ कात्तिक  । विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् । 
 
आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ । बोर्डमा आवेदन दिएका कम्पनीमध्ये श्रीराम सुगर मिलले रु ८९ करोड तीन लाख ९४ हजार ९८१ मूल्य बराबरको ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ । उत्पादन क्षेत्रको सो कम्पनीले हकप्रद शेयर बिक्री गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । 
 
मिथिला लघुवित्त वित्तीय संस्थाले रु तीन करोड ९८ लाख आठ हजार ९६९ मूल्य बराबरको तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद शेयर बिक्री गर्न काठमाडौँ क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिसकेको छ । माइक्रोफाइनान्स समूहको सो कम्पनीले दुई बराबर एक कित्ताका दरले हकप्रद शेयर बिक्री गर्न लागेको हो । 
 
त्यस्तै बरुण जलविद्युत् कम्पनीले एक बराबर एक कित्ता हकप्रद शेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो कम्पनीले रु २५ करोड ५१ लाख १५ हजार मूल्य बराबरको २५ लाख ५१ हजार ५०० कित्ता शेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । 
 
नाडेप लघुवित्त वित्तीय संस्थाले पनि एक बराबर एक कित्ता हकप्रद शेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो संस्थाले रु १६ करोड मूल्य बराबरको १६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न नविल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । 
 
वित्त समूहको सिर्जना फाइनान्सले दश बराबर छ कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । सो कम्पनीले रु २४ करोड चार लाख आठ हजार मूल्य बराबरको २४ लाख चार हजार ८० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । त्यसका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बीमा कम्पनीतर्फ एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि एक बराबर एक कित्ता शेयर दिनेगरी स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । 
 
सो कम्पनीले रु १४ करोड तीन लाख ३२ हजार ५०० मूल्य बराबरको १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर बिक्री गर्ने लक्ष्यसहित सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।जलविद्युत् कम्पनीतर्फ अपि पावर कम्पनीले पनि लामो समयदेखि एक बराबर दुई कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गर्दै आएको छ । सो कम्पनीले रु दुई अर्ब १० करोड मूल्य बराबरको दुई करोड १० लाख कित्ता हकप्रद शेयर बिक्री गर्ने गरी सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । तर अपि पावरले हालसम्म कुनै पनि कागजात बोर्डमा भने बुझाएको छैन । 
 
माइक्रोफाइनान्स समूहको उन्नति माइक्रोफाइनान्स कम्पनीले पाँच बराबर एक कित्ता हकप्रद शेयर बिक्रीको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । रु एक करोड १० लाख मूल्य बराबरको एक लाख १० हजार कित्ता हकप्रद शेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटललाई नै बिक्री प्रबन्धक तोकेको छ । 
 
यस्तै बोर्डले विभिन्न तीन कम्पनीका रु १६ करोड ९० लाख २५ हजार मूल्य बराबरको १६ लाख ९० हजार २५० कित्ता हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिएको छ । चालू आर्थिक वर्षको हालसम्म उक्त अनुमति पाउनेमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् । रासस 

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

कर्पोरेट
View all

  • नेपाल बैंकको नाफा छ महीनामा एक अर्ब ६६ करोड
  • एक सातामै माथिल्लो तामाकोशी उत्कृष्ट दश कम्पनीको सूचीमा
  • तीन कम्पनीको शेयर मूल्य समायोजन
  • ग्लोबल आईएमई बैंक र कतारको दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता
  • ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने
  • हिताचीले एबीबीको शेयर खरिद गर्ने घोषणा
  • यूनिभर्सल हाइड्रोले साधारण शेयर बिक्री गर्ने
  • राष्ट्र बैंकले दश अर्ब लगानी गर्ने

लोकप्रिय

  • समायोजन सकिएलगतै कर्मचारीको नयाँ भर्ना शुरु
  • १२ हजार शाखा अधिकृतको समायोजन
  • तीनै तहमा २३ हजार कर्मचारीको समायोजन
  • न्यायाधीश दीपकराज जोशीले राजिनामा दिनुभयो, राष्ट्रपतिद्वारा स्वीकृत
  • कर्मचारी समायोजन विधेयक राष्ट्रियसभा बाट पनि पारित
  • सोमबारदेखि फेरी वर्षा र हिमपात हुने
  • संसदमा पनि ‘लुट्न सके लुट कान्छा…’ गीत बारे बहस
  • सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

मुख्य समाचार

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

आत्मनिर्भर महिलाहरु - तस्बिर / संस्कृति आचार्य

विस्तृतमा

रामपुरमा रामजानकी मन्दिर निर्माण हुँदै । पाल्पाको रामपुर नगरपालिकामा जनकपुरको झल्को दिने खालको रु दश करोडको लागतमा रामजानकी मन्दिर हुँदै । तस्बीर ः सुशीला रेग्मी, बेझाड (पाल्पा) रासस

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.